प्रि ओपन सेसनमा नेप्से परिसूचक ओरालोतिर
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.१८ अंकले घटेर २६७९.९६ विन्दुमा अडिएको छ।
यो समयमा ४५ स्क्रिप्सको ५ हजार ७४३ कित्ता सेयर ३७ लाख २१ हजार २२१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका २१ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। ३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !