हुँदै नभएको काम देखाएर १४ लाखको भ्रष्टाचार !

हुँदै नभएको काम देखाएर १४ लाखको भ्रष्टाचार !
सुन्नुहोस्

काठमाडौं : बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया,निमित्त प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षसमेत गरी सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिचाईं कुलो निर्माणका क्रममा हुँदै नभएको काम देखाएर १४ लाख बढी भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकायासहित सातजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार रकम हिनामिना गरेको आरोपमा गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकाया,निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल,तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती,तत्कालीन प्राविधिक असिसेन्ट इन्जिनियर जनक थापा मगर,तत्कालीन लेखापाल मदन राज जोशी र उक्त गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत सिम्लका घट्ट सिचाईं कुलो योजनाको उपभोक्ता समितिको तल्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता  राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

सो गाउँपालिकाको वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिचाईं कुलो निर्माणमा अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा रकम विनियोजन गरी कार्यसम्पन्न भएको र सोही कामलाई आधार मानी आर्थिक वर्ष २०७७/२०७८ मा कुनै पनि काम नगरी भुक्तानी लिइ अनियमितता गरेको भन्ने उजुरी  परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा कार्य सम्पन्नलगायतका गलत लिखत कागजातहरू लुकाउने छिपाउने, बदनियतले च्याते/च्यात्न लगाएको र झुट्टा बिल भरपाइको आधारमा १४  लाख  ८ हजार ८१७ रकम भु्क्तानीका लागि चेकसमेत दिए/ लिएको देखिएकाले उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो र सजाय माग गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.