आर्टको सम्पूर्णता, चित्रकला

आर्टको सम्पूर्णता, चित्रकला

काठमाडौं : उनी सानैदेखि चित्र बनाउन रुचि राख्थे। पढाइ र पेसाले आर्किटेक्ट भए पनि चित्र कोर्न सौखिन थिए। बाल्यकालबाट नै चित्र बनाउन लागिसकेका उनी मनका भावनालाई चित्रमा उतार्नमा पोख्त छन्। उनका हरेक चित्र सरल र भावनात्मक हुन्छन्। त्यसैले उनी चित्रकलाका माध्यमबाट भावनालाई ताजा बनाउन लागिपरिरहेका छन्। उनी अर्थात् रोमन चौधरी। जो चित्रकलाकाले सबैमा खुसी छरिरहेका छन्। हुन त उनी सन् २०१८ देखि नै व्यावसायिक यात्रामा लागिसकेका थिए। तर, चित्रकलाको यात्रा भने अलि फरक छ।

कसरी सुरु भयो चित्रकला ?

सन् २०१८ तिर उनी सोसल मिडियाबाट आफूले बनाएका चित्रहरू बेच्थे। एक वर्ष नपुग्दै लकडाउनले उनले व्यापारमा मन्दी छायो। कोरोनाले सबै ठप्प भएको बेला उनको व्यापारमात्रै चल्ने त कुरै थिएन, त्यसैले उनले केही समय चित्र बनाउने काम मात्रै गरिरहे। र, जब कोरोनापश्चात् सबै कुरा विस्तारै पहिलाकै स्वरूपमा आउन थाल्यो, उनले पनि आफूमा भएको कलालाई विस्तारित गर्दै दुई वर्षअघि चित्रकला नाम राखेर चित्रकलाको सुरुवात गरे। जहाँबाट उनी चित्रका माध्यमबाट भावनालाई प्रकट गर्दै आइरहेका छन्।

रोमन दिउँसो पढ्न जान्थे। बिहान बेलुकी समय निकालेर चित्र कोर्थे, उनको कलाले बिना नाम नै बजारमा छुटै ठाउँ ओगटेको थियो। बजारको माहोल र प्रोफेसनली तरिकाले सुरु गर्ने उनले चित्रकला स्थापना गरे। रोमन आफैं चित्र कोर्छन्, चित्रको भाव निकाल्छन् र त्यसैमा रंग रंग्याउँछन्। उनले कोरेका चित्रहरूमा विज्ञान र चित्रकलाको समि श्रण हुन्छ। जुन हेर्दा वास्तविक फोटोभन्दा सुन्दर पनि देखिन्छन्। सायद यसमा उनको पढाइ आर्किटेक्टले समेत साथ दियो। ‘आर्किटेक्ट भनेको विज्ञान र चित्रकलाको समिश्रण हो’ उनले भने, ‘चित्र बनाउन इन्ट्रेस्ट भएकोले सुरुमा फाइन आर्ट पढुँ कि जस्तो लागेको थियो तर फाइन आर्ट भनेको पेन्टिङमा मात्रै सीमित हुने र आर्किटेक्ट बनेको आर्टलाई एउटा म्यासिभ फर्ममा लैजान मिल्ने भएर मैले आर्किटेक्ट चुज गरेको हो। र मैले मेरो रुचिको क्षेत्र र पढाइलाई मिलाएर चित्रकला बनाएको हो।’ रोमनका अनुसार चित्रकला स्थापना पूर्व पनि उनको टिम थियो, तर भौतिक रूपमा टिम बनिसकेको थिएन। चित्रकलाको स्थापना भएसँगै चित्रकलाको टिम बन्यो। उनी भन्छन्, ‘अहिले जुन अफिसियल इन्स्टाग्राम पेज छ चित्रकलाको त्यो मेरो रोमन आट्र्स भनेर थियो। र मैले पछि त्यसलाई नै चित्रकलामा कन्भर्ट गरेर यसलाई सबैलाई अप्सनल दिनुपर्छ भनेर काम गरिरहेको हो। यसरी चित्र कलाको स्थापना भएको हो।’

000
 
चित्रकलाको स्पेसलिटी अरूको भन्दा छुट्टै छ। छुट्टाछुट्टै फोटो कम्बाइन गरेर बनाउनु नै यसको स्पेसलिटी हो। जस्तै कसैको बुवा बित्नु भएको छ र बुवासँगको फोटो छैन भने त्यो चित्रकलाले कम्बाइन गरेर बनाइदिने गर्छ। जुन एकदमै गाह्रो कुरा हो।

‘हामी एउटा सानो नागरिकताको फोटोको टुक्रो लिएर त्यहाँबाट जोइन गरेर पेन्टिङ गरेर बनाउने गर्छौं। जसको सुरुवात मैले मेरो साथीको जन्मदिनमा उनी र उनका बुवाको सँगै भएको फोटो पेन्टिङ गरेर दिएको थिएँ’ उनले भने, ‘र त्यो भिडियो सामाजिक सञ्जालमा समेत राखँे, जसले निकै प्रशंसासमेत पाएकोथियो। त्यसपछि चित्रकलाको यात्रा निरन्तर जारी रहेको छ।’

000

हाल रोमनले चित्रकलासँगै, चित्रकला एकेडेमी सञ्चालन गरिरहेका छन्, त्यहाँ उनी चित्र बनाउने, क्लास दिने तथा नयाँ मानिसहरूलाई सिकाउँदै आइरहेका छन्। र यससँगै आर्ट ग्यालरीसमेत रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘हामीले अहिले एकेडेमी पनि रन गर्छौं। त्यहाँ क्लास अहिले पनि भइरहेको छ। म नयाँ मान्छेहरूलाई आर्ट गर्न सिकाउँछु र चित्रकला आर्ट ग्यालरी पनि छ जुन ठमेलमा छ। त्यहाँबाट हामीले कमर्सियल्ली पेन्टिङ पनि बेच्छौं। र आर्टिस्टहरूको आर्ट कलेक्ट गरेर एक्जिबिसन गर्ने आर्टहरू प्रमोट गर्ने काम पनि त्यहाँबाट गर्छौं, यसैगरी अहिले हामी रिसेन्टली क्याफे पनि खोलिरहेको छौं।’

नेपालमा हाल आर्टहरूलाई प्रमोट हुने खालको कुनै त्यस्तो खालको कुनै कल्चर त छैन, तर बाहिरको देशमा जस्तै आर्ट प्रमोट गर्ने कल्चर आफूहरूले पनि निर्माण गर्न लागेको उनको भनाइ रहेको छ। उनी भन्छन्, ‘ नेपालमा आर्ट प्रमोट कल्चर त खासै छैन तर बाहिर देशहरूमा कस्तो हुन्छ भने आर्ट एउटा एक्सप्रेसन गर्ने तरिका हो, त्यसैले एक्सप्रेस गर्ने एउटा मिडियम भएकाले हामीहरूले यो कल्चर निर्माण गर्न लागिरहेका छौं।

मानिसहरू आर्टमा आफ्नो भावना भेट्ने र भावना मानिसको बेसिक निस्डमा पर्ने हुँदा आर्ट कल्चर जरुरी रहको रोमनको भनाइ छ।

‘गाँस, बाँस, कपास मानिसको आधारभूत आवश्यकता भएको जस्तै भावना पनि आधारभूत आवश्यकता हो, मानिसमा भएको भावनालाई कसैले कुनै पनि हालतमा मार्न सक्दैन। जुन मेन्टल हेल्थसँगसमेत जोडिएको हुन्छ। त्यसैले अहिलेको समयमा आर्ट पनि बेसिक निड रहेको छ। र त्यही आवश्यकतालाई परिपूर्ति गर्न हामीले आर्ट क्याफे सुरु गरेका छौं। जहाँ तपाईं त्यहाँ गएर एउटा कफी अर्डर गरेर बस्न सक्नुहुन्छ र त्यहाँ भएका क्यानभासमा आफ्नो भावना पोख्दै चित्र बनाउन र एक्सप्रेस गर्नै सकिनेछ।’

000

नेपाल कला र संस्कृतिमा एकदमै धनी देश हो। तर यहाँ चित्रकला वा पेन्टिङको मार्केट ठूलो छैन। जहाँ एउटा आर्ट कम्पनीले एकदमै म्यासिभली ग्रो गर्न सकियोस्। नेपालका आर्किटेक्ट, आर्टिस्टहरू एकदमै राम्रा छन् तर आर्ट गरेर सस्टेन गर्ने वातावरण बनिसकेको छैन। त्यसैले चित्रकलाले नेपाली कला विदेशमा चिनाउन आर्ट (चित्रकला) इन्डिया भनेर सुरुवात समेत गरिसकेको रोमन बताउँछन्। ‘हाल हामी चित्रकला इन्डियाको रिसर्चको फेजमा पनि छौं। हामीले त्यहाँको आर्ट मार्केटको सेन्टिमेन्टल बुझेर त्यसको निड्सबारे अध्ययन गरिरहेका छौं। र हामीले चित्रकलालाई भारतमा मात्रै नभई ग्लोबल्ली नै पु¥याउने भिजन लिएका छौं।’ 

000

आर्टिस्टहरू आफैंमा कलाले भरिपूर्ण हुन्छन्, त्यसैले आर्टिस्टहरूले इन् हाउसमा भन्दा बाहिर रहेर काम गर्नुपर्ने भएकाले चित्रकलाका आर्टिस्टहरू बाहिरबाटै काम गर्ने गरेको उनको भनाइ छ। भन्छन्, ‘आर्टिस्टहरू एउटा कोठामा मात्रै बसेर काम गर्न सक्दैनन्, आर्ट भनेको खुलेर गर्ने कुरा हो, त्यसैले हाम्रा अरू सबै टिम इन् हाउस काम गरे पनि हामीले आर्टिस्टलाई चाहिँ फ्रि गरेर काम गर्न दिन्छौं।’ यस्तै चित्रकलाले विभिन्न होटलहरूमा पेन्टिङ र आर्ट गर्ने गरिरहेका छन्। उनीहरूले हालसम्म १ सय २० वटा पेन्टिङ स्टोरीहरू दिइसकेका छन्।

किन चिनिन्छ चित्रकला ?

‘चित्रकलाले छुट्टाछुट्टै फोटोहरू कोल्याब गरेर एउटा राम्रो आर्ट बनाउँछ र त्यसकै लागि चित्रकला चिनिन्छ। नेपालमा धेरै चित्रकला गर्ने मान्छेहरू छन््। तर चित्रकलाको विशेष विशेषताका कारण चित्रकला चिनिएको हो। जहाँ छुट्टाछुट्टै फोटोहरू कम्बाइन गर्दा कुनै फोटो घाममा खिचिएको र कुनै फोटो लाइट नभएको ठाउँमा हुन्छ, त्यसलाई कम्बाइन गरेर एउटै फ्रेममा लैजान गाह्रो हुन्छ। लाइटको टोन, सानोसानो स्टेप्सहरू सबै फरक हुन्छ छुट्टाछुट्टै फोटो कम्बाइन गर्न एकदमै गाह्रो हुन्छ र त्यो हामीले एकदमै राम्रोसँग गरिरहेका छौं र सबै मान्छे सबै क्लाइन्टहरू खुसी हुनुहुन्छ र हामीसँग सामाजिक सञ्जालहरूमा पनि इमोसनल भिडियोहरू पठाइरहनु भएको हुन्छ। र चित्रकला चिनिएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.