पत्रकार हत्या र मिडियामाथि भएको आक्रमणविरुद्ध कर्णालीमा विरोध

पत्रकार हत्या र मिडियामाथि भएको आक्रमणविरुद्ध कर्णालीमा विरोध
सुन्नुहोस्

वीरेन्द्रनगर : पत्रकार हत्या र मिडियामाथि भएको आक्रमणविरुद्ध विभिन्न संघ संस्था तथा पत्रकारहरूल‍े कर्णालीमा विरोध जनाएका छन्। कर्णाली प्रदेशका १० वटै जिल्लामा कार्यरत पत्रकारले हातमा कालोपट्टी बाँधेर पत्रकार हत्या र मिडियामाथि भएको आक्रमणविरुद्ध विरोध जनाएका हुन्। 

संघीय राजधानीमा राजवादीका नाममा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकका हत्या र विभिन्न सञ्चारगृह तथा पत्रकारमाथि आक्रमण गरिएको भन्दै सुर्खेत जिल्ला शाखा र कर्णाली प्रदेश समितिले संयुक्त रूपमा विरोध जनाएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले बताए। 

उनका अनुसार महासंघको केन्द्रीय समितिको परिपत्र अनुसार कर्णालीका पत्रकारहरूले आइतबार हातमा कालोपट्टी बाँधेर आफ्नो दैनिक काम गरेका छन्। उनले भने, ‘पत्रकार सुरेश रजकको हत्या निन्दनीय घटना हो। पत्रकार रजकको हत्या र सञ्चारगृहमा भएको आक्रमण गर्ने घटनाका दोषीलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्छ।’

पत्रकारलाई नै निशाना बनाएर राजवादीहरुले गरेको आक्रमणका विरुद्धमा नेपाल पत्रकार महासंघले कडा रूपमा लिएको पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले बताए। नेपालको संविधानले पूर्ण प्रेस स्वन्त्रताको सुनिश्चितता गरे पनि विभिन्न आन्दोलनका नाममा हुने आपराधिक घटनामा पत्रकारहरूमाथि आक्रमण भइरहेको भन्दै त्यसको जति निन्दा गरे पनि कम हुने उनले बताए।

कर्णालीमा सञ्चालित विभिन्न सञ्चार माध्यमहरूमा पनि पत्रकारहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन्। कर्णालीका जाजरकोट, कालिकोट, हुम्ला लगायतका अन्य जिल्लाहरूमा पनि पत्रकारहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.