तीनकुने घटनामा संलग्न थप २४ जना राजावादीहरू पक्राउ

तीनकुने घटनामा संलग्न थप २४ जना राजावादीहरू पक्राउ
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना राजावादीलाई पक्राउ गरेको छ। चैत १५ गतेको तीनकुनेमा आयोजिक राजावादीको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडमा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

'उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्। यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ,' उनले भने। उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

पक्राउ पर्नेमा  काठमाडौंका कुमार बस्नेत, सुनसरीका अनिलकुमार थापा, झापाका तारानाथ दाहाल, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, ललितपुरका विष्णुजंग बस्नेत, काठमाडौंका लोकबहादुर बस्नेत, सिन्धुपाल्चोकका सरिता केसी, झापाका देवी राई, भारतीय नागरिक रबि रन्जन कुमार सिंह, धनुषाका आशिक कुमार महतो, सर्लाहीका प्रेम कुमार सिंह, सिरहाका राधेश्याम यादव, सप्तरीका बरुण यादव, सर्लाहीका गोविन्द राय र सिन्धुपाल्चोकका दिनेश खड्का रहेका छन्।

पक्राउ परेका ८ जनालाई राज्यविरुद्धको कसूर संगठित अपराध र बाँकी १० जनालाई उपद्रव कसूरमा मुद्दा अघि बढाइएको परिसरका पवक्ता बोहोराले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.