भाटभटेनीमा लुट्न आएकामाथि प्रतिकार गर्ने सुरक्षागार्ड पराजुली पुरस्कृत,५ लाखसहित बढुवा

भाटभटेनीमा लुट्न आएकामाथि प्रतिकार गर्ने सुरक्षागार्ड पराजुली पुरस्कृत,५ लाखसहित बढुवा
सुन्नुहोस्

काठमाडौं :  भाटभटेनी सुपर मार्केटले सुरक्षागार्ड दल (कृष्ण) प्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ। १५ चैत्रमा राजावादीको आन्दोलनका क्रममा  कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्न आएकाहरूमाथि प्रतिकार गरी थप क्षति हुनबाट जोगाएको भन्दै सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार ११ नगदसहित पुरस्कृत गरिएको हो।

पराजुलीको योगदानको कदर गर्दै भाटभटेनीले थप पाँच ग्रेड समेत बढुवा गरिदिएको छ। उनीसँगै अन्य सुरक्षागार्डहरूको ग्रेड बढुवा र नगदसहित सम्मान गरेको छ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले उनीहरूलाई नगदसहित सम्मान गरेका हुन्। भाटभटेनी लुट्न आएकाहरूमाथि सुरक्षागार्ड पराजुली प्रतिकारमा उत्रिएको भीडीयो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

लुटपाट र तोडफोडबाट  ७०/८० लाख जति क्षति भएको भाटभटेनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.