वीरगन्जमा ‘मधेस साहित्य महोत्सव’

वीरगन्जमा ‘मधेस साहित्य महोत्सव’
सुन्नुहोस्

वीरगन्ज : देशकै आर्थिक नगरी वीरगन्जमा ‘मधेस साहित्य महोत्सव’ आयोजना हुँदैछ । उत्कर्ष नेपालको आयोजनामा वीरगन्जमा यहि चैत २२ र २३ गते ‘मधेस साहित्य महोत्सव’ आयोजना हुन लागेको हो । मधेसको सामाजिक,सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्जमा ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले 
बताए । 

वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक लाठले दुई दिने ‘मधेस साहित्य महोत्सव’मा तराई–मधेसका २२ वटा जिल्लाको साहित्य,भाषा,कला र संस्कृतिलाई समेटिने बताए । महोत्सवमा तराई–मधेसका भोजपुरी,मैथली,अवधि,थारु,माडवारी,उर्दु ,हिन्दी भाषाका साथै नेपाली र नेवारी भाषाका साहित्यकार,कवि,कलाकार,चित्रकार,विश्लेषक,स्तम्भकार,लेखक,सर्जकलगायतले आ–आफना सृजना,कला,विचार र अनभुवहरु प्रस्तुत गर्ने उनले बताए ।उनका अनुसार,‘मधेस साहित्य महोत्सव’ मा छिमेकी मुलुक भारतका पनि साहित्यकारहरू सहभागी हुनेछन् ।  

वीरगन्जस्थित मधेस विश्वविद्यालयको प्रांगणमा आयोजना हुने महोत्सवको पहिलो दिन चैत २२ गते उद्घाटन सत्रपछि साहित्य सम्बन्धी विभिन्न सत्र,कवि गोष्ठी र साँझ सांस्कृतिक साँझ आयोजना गरिने मधेस साहित्य महोत्सव आयोजन समितिकी सदस्य सलमा खातुनले जानकारी दिइन् । यस्तै दोस्रो दिन  चैत २३ गते सामूहिक किताब विमोचन,मधेसको लोककला,संस्कृति,भाषा,साहित्य सम्बन्धी  विभिन्न सत्र र साँझ काव्य तथा सांगीतिक साँझ आयोजना हुने उनले बताइन् । 

पत्रकार सम्मेलनमा संयोजक लाठले आर्थिक र व्यापरिक तथा राजनीतिक आन्दोलनको केन्द्रका रुपमा  चिनिएको ऐतिहासिक भूमी वीरगन्जमा अब साहित्य र संस्कृतिको प्रवर्द्धन गर्दै नवीन विचारहरूको आदान प्रदान तथा नवोदित प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको बताए ।

लाठले भने,‘ वीरगन्ज केवल व्यपारिक शहर र आन्दोलन गर्ने थलो मात्रै होइन, यो साहित्य र कलाको उर्वर भूमी पनि हो भन्ने सन्देश दुई दिने ‘मधेस साहित्य महोत्सव’ले दिनेछ। साहित्य र कलामा वीरगन्ज मरेको छैन ,अझै पनि जिन्दा छ भन्ने सन्देश पनि महोत्सवले दिनेछ।’

पत्रकार सम्मेलनमा उत्कर्ष नेपालका अध्यक्ष रितु राजले पहिलो पटक आयोजन गर्न लागिएको ‘मधेस साहित्य महोत्सव’ ले तराई–मधेसको भाषा,साहित्य,कला र संस्कृतिसहित मधेसको समग्र पहिचानलाई उजगार गर्ने अपेक्षा लिएको बताए । 

पत्रकार सम्मेलनमा ‘मधेस साहित्य महोत्सव’आयोजन समितिका सल्लाहकार तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य,उत्कर्ष नेपालकी सचिव अन्जु महतो,जय साह,जय यादव,विवेक कर्ण लगायतको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.