निसानले पाँच सिटे कम्प्याक्ट एसयुभि र सात सिटे बि एमपिभी सार्वजनिक गर्ने

निसानले पाँच सिटे कम्प्याक्ट एसयुभि र सात सिटे बि एमपिभी सार्वजनिक गर्ने
सुन्नुहोस्

काठमाडौं : निसान मोटर इन्डियाले आफ्नो भारतीय प्रोडक्ट पोर्टफोलियोमा नयाँ सेभेन-सिटर बि-एमपिभी पनि थपेको छ । यो मोडल पहिले नै घोषणा गरिएको दुई भेरियन्टको कम्प्याक्ट-एसयुभि (फाइभ र सेभेन सिटर), न्यून मूल्यको इभि,नयाँ निसान म्याग्नाइट र निसान एक्स-ट्रेलको लाइन-अपमा थपिएको नयाँ गाडी हो ।

नयाँ फाइभ-सिटर सि-एसयुभिको एक्सटेरियर डिजाइन नयाँ निसान पट्रोलबाट प्रेरित रहेको छ,जुन भारतमा सबैभन्दा प्रतिस्पर्धात्मक र तीव्र गतिमा बढ्दै गरेको सेगमेन्ट हो । नयाँ निसान सेभेन-सिटर बि-एमपिभीले सि-आकार (सि-सेप्ड) को बोल्ड ग्रिल डिजाइन र ‘मस्कुलर’ एसयुभिका गुणहरू बोक्दछ ।

गुरुग्राम,भारत ९१५ चैत २०८१ तदनुसार २८ मार्च २०२५०स् निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट(लाइनअपमा नयाँ सेभेन-सिटर बि-एमपिभि थप्ने घोषणा गरेको छ । हालसालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतको लागि लक्षित दुई नयाँ उत्पादनहरू प्रदर्शनसमेत गरेको थियो ।

यो घोषणा, निसानको भारत बजारको लागि लक्षित योजनाअनुरुप छ, जसअन्तर्गत आफ्ना ग्राहकहरूको बढ्दो आकांक्षाअनुरुप हालका उत्पादनहरूलाई परिमार्जन गरी प्रस्तुत गर्ने योजना रहेको छ । यसअन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बि(एमपिभि, सि-एसयुभि जस्ता सेगमेन्टका साथै नयाँ निसान म्यागनाइटले नेतृत्व गरेको बि-एसयुभि सेगमेन्टमा पनि उपलब्ध गराइनेछ । निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा पनि यो लाइन-अप सार्वजनिक गर्ने घोषणा गरेको छ ।

निसानको नयाँ सेभेन-सिटर बि-एमपिभि (मल्टि-पर्पस भिहेकल)को पहिलोपटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रोडक्ट-अफेन्सिभ’ रणनीति सुरू भएको छ । उक्त सेभेन-सिटर, निसानको भारतको प्रोडक्ट-पोर्टफोलियोमा नयाँ सदस्यको रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिने छ ।

त्यसपछि, पहिले नै घोषणा गरिएको फाइभ-सिटर सि-एसयुभी (कम्प्याक्ट स्पोर्ट्स युटिलिटि भिहेकल) आर्थिक वर्ष सन् २०२६ को सुरुवातमा सार्वजनिक गरिनेछ । कम्पनीले दुई नयाँ टिजरहरू सार्वजनिक गरेको छ जसले दुवै सवारी साधनहरूको ‘डेभलवमेन्ट र टाइमलाइन’ पुष्टि गर्दछ । बिरसि र डि‍एसयुभि सेगमेन्टका भारतीय ग्राहकहरूका लागि ४ नयाँ उत्पादनहरू सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ ।

नयाँ सि-एसयुभि, निसान पट्रोलको डिजाइनबाट प्रेरित छ । यो सि-एसयुभिले प्रतिष्ठित निसान एसयुभिको डिएनए प्रस्तुत गर्दै निसानको विश्वव्यापी रूपमा परिचित उच्च विश्वसनीयता, प्रिमियम निर्माणशैली, र अत्याधुनिक प्रविधि प्रदान गर्नेछ ।

अर्कोतर्फ निसानको सेभेन-सिटर बि-एमपिभीले आफ्नो खरिदमा अधिकतम लाभ खोज्ने ग्राहकहरूलाई उत्कृष्ट मूल्यमा उत्कृष्ट फाइदा, गुणस्तर र सहजता प्रदान गर्नेछ । निसानको बि-एमपिभीले निसानको विशिष्ट डिजाइन फिलोसोफिमा पृथक रहेको ‘मस्कुलर स्टाइलिङ’ प्रस्तुत गर्नेछ । यो बि-एमपिभि, सवारीको आनन्दमा सम्झौता नगरीकन सबै यात्रुहरूका लागि उत्कृष्ट आराम सुनिश्चित हुनेगरी डिजाइन गरिएको छ ।

भारतको वार्षिक आन्तरिक विक्री र निर्यात (एनुअल डोमेस्टिक सेल्स एन्ड एक्स्पोर्टस्)मा १,००,००० इकाईको महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्ने दिशामा निसान अघि बढिरहेको छ । यस लक्ष्यलाई साथ दिन, कम्पनीले दुवै नयाँ उत्पादनहरू चेन्नइस्थित ‘अलायन्स जेभि प्लान्ट’मा स्थानीय रूपमा नै उत्पादन गर्नेछ ।

नयाँ निसान म्याग्नाइटको सफलतामा आधारित हुँदै, निसानले भारतमै निर्माण गरी विश्वभर निर्यात गरिने नयाँ सि-एसयुभि पनि प्रस्तुत गर्दैछ ।

पायोनियर मोटोकर्प प्राइभेट लिमिटेडको बारेमा

पायोनियर मोटोकर्प प्रालि,नेपालमा निसान मोटर कम्पनीको लागि आधिकारिक वितरक हो । सन् २०१४ मा स्थापित कम्पनीले जापान,थाइल्यान्ड र भारतस्थित निसानको उत्पादन प्लान्टबाट सवारीसाधन आयात गर्दछ । कम्पनीको नेपालभर १३ वटा सोरुमहरू (टच पोइन्टहरू) रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.