सेयर बजारमा उतारचढाव

नेप्से परिसूचक २७ सय विन्दुमाथि, ट्रेडिङ समूहमा झुम्मिए लगानीकर्ता

नेप्से परिसूचक २७ सय विन्दुमाथि, ट्रेडिङ समूहमा झुम्मिए लगानीकर्ता
सुन्नुहोस्

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २७०१.४८ विन्दुमा अडिएको छ। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २९.८२ अंकले बढेको थियो। मंगलबार भने परिसूचक १५.५७ अंकले घटेको थियो।

यसदिन नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ।  ३१८ स्क्रिप्सको १ करोड ४ लाख  ४२ हजार ६८३ कित्ता सेयर ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ रुपैयाँमा खरिदबिक्री भए। नेप्से दोहोरो अंकले बढ्दा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो। आज बोटलर्स नेपाल (बालाजु )का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सीईडीबी होल्डिंक्स शीर्षस्थानमा रह्यो।  सो कम्पनीको  ३६ करोड ५५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

हिमालयन रिइन्स्योरेन्सको ३५ करोड, नगदी ग्रुपको २७ करोड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २६ करोड र हिमालयन पावरको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुई समूहको उपसूचबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ९.४४ प्रतिशतले बढ्यो।
यसैगरी फाइनान्स समूहको उपसूचक ३.१२ प्रतिशतले बढ्यो। कारोबारमा आएकामध्ये १६६ वटाको बढ्दा ७८ वटाको घट्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.