पोस्टमार्टमपछि परिवारले बुझे पत्रकार रजकको शव
काठमाडौं : तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि परिवारले बुझेका छन्।
बुधबार त्रिवि शिक्षण अस्पतालमा रजकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको हो। पोस्टमार्टमका क्रममा रजकको जलेर मृत्यु भएको देखिएको अस्पतालले जनाएको छ।
यसअघि सुरेश रजकलाई गोली लागेको हल्ला चलेपछि एक्स-रे समेत गरिएको थियो। एक्स-रेमा गोली लागेको नदेखिएपछि बुधबार पोस्टमार्टम गरिएको हो। नारायण गोपाल चोक, बालाजु हुँदै नयाँ बजारसम्म शव यात्रा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !