इन्द्रसरोवरमा सुमो दुर्घटना, ९ जना घाइते
हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। बुधबार दिउँसो बतासेस्थित भीमफेदी-कुलेखानी-सिस्नेरी काठमाडौं सडक खण्डमा रौतहटको गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ५४८५ नम्बरको सुमोको ब्रेक फेल भई दुर्घटना हुँदा सुमोमा सवार ९ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार ब्रेक फेल भएको सुमो करिब १ सय मिटर तल खोल्सामा खसेको थियो। सुमोमा चालकसहित १० जना रहेकोमा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सुमो चालक भने घट्ना स्थलमा नरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौंतर्फ पठाएको मकवानपुर प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस !