राजस्वले यसरी पत्ता लगाएको थियो २५ करोडका मालिकको पहिचान

राजस्वले यसरी पत्ता लगाएको थियो २५ करोडका मालिकको पहिचान

काठमाडौं : टोखामा भेटिएको २५ करोड बराबरको विदेशी रकमको मालिक पहिचान भएको छ। राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार २५ करोडको मालिक सिन्धुपाल्चोक भोटेकोशीका-४ का नारायण पौडेल रहेका छन्। 

ट्रकको बनोटमा फल्स बटम बनाएर लुकाएर राखिएको अवस्थामा भेटिएको युरो र अमेरिकी डलरसहित चालक कुसान लामालाई प्रहरीले पक्राउ गरेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा काठमाडौंबाट चीनको नाकातर्फ जाँदै गरेको अवस्थामा २५ करोड रुपैयाँसहित लामालाई चैत ४ गते पक्राउ गरेको थियो। 

राजस्व अनुसन्धान विभागले उक्त रकमको बारेमा अनुसन्धान गर्ने क्रममा कुसान लामासँग निरन्तर फोन समर्पकमा रहेका नारायण पौडेलसँगको 'कनेक्सन' पत्ता लगाएको हो। राजस्व विभागका महानिर्देशक घिमिरेले पौडेल विषयमा अनुसन्धान गरीरहेको थियो। उनको कनेक्सन पुष्टि हुने प्रमाण भेटिएपछि राजस्वको टोलीले पौडेलको टोखामा रहेको घरमा छापा मारेको थियो। घरमा एक कामदारको जिम्मा लगाएर पौडेल फरार रहँदै आएका छन्।

३५ वर्षीय पौडेल यसअघि पनि विभिन्न सुन तस्करीमा मुछिएका पात्र हुन्। प्रहरी हिरासतमा रहेका लामाले पौडेलसँगको कुराकानी र कारोवार स्वीकार गरेका छन्। महानिर्देशक घिमिरे भन्छन्, 'पौडेलको संलग्नता पुष्टि भएपछि अनुसन्धान गर्नका लागि उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जीसमेत लिइएको छ। रकम भेटिएको दिनपछि नै उनी टोखामा रहेको घरमा नगएको भेटिएको छ। घटनाको विभिन्न एंगलबाट अनुसन्धान गर्दा २५ करोड पौडेलको नै रहेको भेटिएको छ। पौडेलको बाहिरी रूपमा देखिने व्यापार व्यवसाय भने केही छैन। उनी एक छोरासँग टोखामा नै बस्दै आएका थिए। उनको श्रीमतीको केही समयअघि निधन भएको थियो। रकम कहाँबाट ल्याए, केका लागि ल्याएका थिए, उनी समातिएपछि थाहा हुन्छ।' 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.