मेयरको टकरावले पोखरीयामा एक महिना पनि टिकेनन् प्रमुख प्रशासकीय अधिकृत

मेयरको टकरावले पोखरीयामा एक महिना पनि टिकेनन् प्रमुख प्रशासकीय अधिकृत
सुन्नुहोस्

वीरगन्ज : पर्साको पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पुनः सरुवा भएको छ। पोखरिया नगरपालिकामा गत फागुन १५ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवको चैत १७ गते आइतबार सरुवा गरिएको हो।

मेयर प्रदुमन चौहानसँगको टकरावका कारण श्रीवास्तवको १ महिनामै सरुवा गरिएको हो। श्रीवास्तवको जिल्ला समन्वय समिति पर्सामा सरुवा गरिएको हो। श्रीवास्तवले भने, 'चैत १७ गते सरुवाको पत्र आयो। चैत १९ गते रवानापत्र बुझे। अब बिहीबार जिल्ला समन्वय समिति पर्सामा हाजिर हुन्छु।'

कार्यालयको प्रशासनिक र आर्थिक कामका लागि मेयर चौहानले दिएको अनुचित दबाब श्रीवास्तवले नमानेपछि मेयर चौहानले संघीयत मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफैं धाएर उनको सरुवा गर्न लगाएको स्रोतले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मेयर चौहान आबद्ध दल एमालेकै हुन्।

पर्सा जिल्लामा सबै भन्दा धेरै प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने पालिकामा पोखरीया नगरपालिका पहिलो नम्बरमा पर्छ। यसअघि पनि उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पटक-पटक सरुवा हुँदै आएका छन्। पोखरीया नगरपालिकामा यसअघि पनि हालसम्म कोही प्रमुख प्रशासकीय अधिकृत धेरै समय टिक्न सकेका छैनन्। 

२०७९ साल फागुन ८ गते दरबन्दी भई आएका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई ३९ दिनमै सरुवा गराइएको थियो। त्यस्तै २०८० साल जेठ २ गते देवेन्द्र सापकोटा हाजिर भएका थिए। उनलाई समेत उक्त पालिकामा टिक्न दिइएन। उनको पनि सरुवा ३ महिना नपुग्दै २०८० भदौ ८ गते गरिएको थियो। 

पोखरीया नगरपालिकामा सबभन्दा बढी टिक्ने अधिकृत मध्ये एक हुन् अजय श्रीवास्तव। २०८० साल आश्विन १८ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत भई आएका अजय श्रीवास्तव २०८१ माघसम्म कार्यरत थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ माघ ९ गते देशभरका १३ वटा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकैपटक रद्द गर्ने निर्णय गरेपछि अजय श्रीवास्तव प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटेका थिए।

फेरि उनै अजय श्रीवास्तवलाई नै प्रमुख प्रशासकीय अधिकृतमा फर्काउने मेयर चौहानको मनसाय रहेकाले विनय श्रीवास्तवको ३२ दिनमै सरुवा गराएको श्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.