बाबा रतननाथको भारतमा भव्य स्वागत

बाबा रतननाथको भारतमा भव्य स्वागत
सुन्नुहोस्

काठमाडौं : सदियौंदेखि चल्दै आएको प्रसिद्ध पीर बाबा रतननाथको भारतमा भव्य स्वागत गरिएको छ। उत्तर प्रदेशस्थित देवीपाटनमा बाबा रतननाथको भव्य स्वागत गरिएको हो। 

नेपालबाट भव्य शोभायात्रासहित भारत पुगेको बाबा रतननाथलाई हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पणसमेत गरिएको थियो। हरेक वर्षको पञ्चमी तिथिमा बाबा रतननाथ भगवानको उत्तर प्रदेशस्थित देवीपाटन मन्दिरमा विशेष पूजा गरिन्छ। सोही पूजाका लागि नेपालबाट शोभायात्रासहित बाबा रतननाथलाई देवीपाटनसम्म पुर्‍याइएको हो। 

देवीपाटन मन्दिरमा रतननाथ बाबाको पिर र अमृत पात्रलाई पूजा गर्ने गरिन्छ। जानकारहरूका अनुसार रतननाथ भगवानलाई भारतको मन्दिरमा भब्यताका साथ पूजा गरिन्छ र यो परम्परा वार्षौंदेखि चल्दै आएको छ। दाङका सामाजिक अगुवा सुरेन्द्र चौधरीका अनुसार यो सदियौंदेखि चल्दै आएको परम्परा हो। उनले पुर्खाहरूको परम्परालाई अहिले पनि उतिकै महत्त्वका साथ हेरिने गरेको बताए।

null

यसले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक सम्बन्धलाई मजबुत बनाएको बताए। 'यो थारूहरूको पुर्खाहरूले चलाउँदै आएको परम्परा हो। सिद्ध पीर बाबा रतननाथको संरक्षण पनि थारूहरूले गर्दै आएको छ। सदियौंदेखि चल्दै आएको यस परम्पराले नेपाल-भारतका नागरिकबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ,' उनले भने। 

शोभायात्रामा नेपाल-भारत सहकार्य, थारू कल्याणकारिणी सभा, थारू महिला समाज, मगर समाज, स्थानीय क्लबहरूको सहभागिता रहेको थियो। हात्ती र घोडासहितको शोभायात्रामा हजारौं तीर्थालुहरू सहभागी थिए।

बाबा रतननाथको पूजामा सहभागी हुन नेपालसहित भारतका विभिन्न जिल्लाबाट भक्तजनहरूको ठूलो घुइँचो लाग्छ। देवीपाटन नेपालका सिद्ध योगी बाबा रतननाथको शक्ति उपासना स्थलको रूपमा पनि चिनिने गर्छ।  

null

को हुन् बाबा रतननाथ?
महायोग गुरु गोरखनाथका शिष्य थिए रतननाथ योगी। गोरखनाथको आदेशपछि रतननाथले देवीपाटन मन्दिरको स्थापना गरेका थिए। उनले देवीपाटनमा वर्षौंसम्म तपस्या गरेका थिए। जसअनुसार उनले त्यहाँबाट ८ प्रकारका सिद्धी प्राप्त गरेको बताइन्छ। तपस्याका दौरान माता पाटेश्वरीले योगीलाई दर्शन दिँदै पञ्चमीदेखि नवमीसम्म पूजा गर्नुपर्ने वरदान दिएको जानकारहरू बताउँछन्। त्यही बेलादेखि बाबा रतननाथलाई प्रत्येक वर्ष देवीपाटनसम्म विशेष शोभायात्रा र पूजाआजा गर्ने चलन छ।

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.