रेविकालाई कोटेश्वर क्याम्पसको आर्थिक सहयोग

रेविकालाई कोटेश्वर क्याम्पसको आर्थिक सहयोग
सुन्नुहोस्

काठमाडौं : राजावादीको चैत्र १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा गोली लागेर घाइते भएकी रेविका खड्काको उपचारका लागि कोटेश्वर बहुमुखी क्याम्पसले ३५ हजार सहयोग गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पसको तर्फबाट उक्त रकम रेविकाको बुबालाई हस्तान्तरण गरिएको हो ।

क्याम्पस प्रमुख डा. प्रकाश पोखरेल र स्वतन्त्र विद्यार्थी युनियनका सभापति सञ्जय बुढाथोकीले मिनभवनस्थित सिभिल अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।  रेविकाको बाँकी पढाइ नि:शुल्क गर्ने समेत क्याम्पसले निर्णय गरेको क्याम्पस प्रमुख डा.पोखरेलले जानकारी दिए ।

उनको मिनभवनस्थित सिभिल अस्पतालको सघन उपचार कक्ष (आईसियू) मा उपचार भइरहेको छ । रेविकाको उपचारको जिम्मा सरकारले लिनुपर्ने र आन्दोलनमा सहभागी नै नभएको निर्दोष विद्यार्थीमाथि गोली हान्नेलाई कडा कारवाहीको माग गर्दै  विद्यार्थीहरूले दिनहुँ प्रदर्शन गरिरहेका छन् । स्ववियु सभापति बुढाथोकीले रेविकाको उपचारमा कुनै कमि हुन नदिन आफूहरूले सरकारलाई खबरदारी गरिरहने बताए ।

कार्यालयबाट कोठा फर्किने क्रममा कोटेश्वर नजिकै रेविकामाथि गोली लागेको थियो। रेविकासँगै उनका दाइ दिनेश खत्री पनि घाइते भएका थिए। दिनेश उपचारपछि घर फर्किसकेका छन्।

आन्दोलनका क्रममा प्रहरीसहित १३४ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केही उपचारपछि फर्किसकेका छन् भने कतिपयको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार २० जनालाई गोली लागेको थियो।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले निजी, व्यवसायी तथा सञ्चारगृहमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए। आन्दोलनका क्रममा दुईजनाले ज्यान गुमाएका छन्।  एभिन्युजका पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको हो।

प्रदर्शनकारीहरूले तीनकुनेमा एक व्यवसायी भवनमा आगो लगाउँदा रिपोर्टिङ गरिरहेका पत्रकार रजकको जलेर मृत्यु भएको थियो भने गोली लागेर महर्जनको  मृत्यु भएको हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.