म्यान्मारमा भूकम्पबाट मर्नेको संख्या ३३०० नाघ्यो

म्यान्मारमा भूकम्पबाट मर्नेको संख्या ३३०० नाघ्यो
फाइल तस्बिर
सुन्नुहोस्

म्यानमार : म्यान्मारमा भूकम्पबाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ। म्यानमारको सरकारी मिडियाका अनुसार शनिबारसम्म भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ३५४ पुगेको हो।  

गत मार्च २८ आएको विनाशकारी भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ। हालसम्म चार हजार पाँच सय आठ जना घाइते भएको र दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले जनाएको छ। भूकम्प आएको हप्ताभन्दा बढी समय विते पनि पीडितहरू आश्रयविहीन छन्।

संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ। यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ। संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.