किसानले पाएनन् मेहनतको फल

बन्दा काटेर बारीमा फालिँदै

किसानले पाएनन् मेहनतको फल
सुन्नुहोस्

धादिङ : फसल लगाउँदा आफूले लगाएको तरकारी उपभोक्ताको भान्सा–भान्सामा पुगोस् र उचित मूल्यमा विकोस् भन्ने हरेक कृषकको चाहना हुन्छ। जब तरकारी खेतबारी भरी फल्छ बोटमै कुहाउनु पर्ला र काटेर मल बनाउनु पर्ला भनेर कुनै किसानले चिताएकै हुँदैन। 

तर, संघीय राजधानीसँग जोडिएकै जिल्ला धादिङका किसानले आफूले लगाएको बन्दा उचित मूल्य नपाएपछि बारीमै काटेर फाल्न, मल बनाउन बाध्य भएका छन्।  तरकारी बारीमा बन्दा काटेर फाल्दै गरेको यो पीडादायी दृश्य पृथ्वीराजमार्गसँगै जोडिएको धादिङको गजुरीस्थित त्रिशूली किनारको हो। उपभोक्ताको चुल्होमा पुगेर मीठा–मीठा परिकार बन्नुपर्ने बन्दा काटेर फालिएको अवस्थामा त्रिशूली नदी किनारमा चाङका चाङ देख्दा जो कोहीको मन कटक्क दुख्नु स्वाभाविकै हो। तर, आफूले सन्तानलाई झैं माया गरेर निकै मेहनतपूर्वक हुर्काएर तयार पारेका बन्दा बजार लैजाने बेला उचित मूल्य नपाएपछि किसानहरू बारीमै काटेर फाल्न बाध्य भएका हुन्। बन्दा लगाउँदा लागेको लगानीसमेत खेर गएको छ। 

व्यापारीलाई बन्दा दुई चार रुपैयाँमा लैजान आग्रह गर्दा पनि भाउ छैन भन्दै नलगेपछि काटेर फाल्न बाध्य भएको किसानको दुखेसो छ। सरकारले जिम्मा लिएर उचित मूल्यमा बेचिदिएमा आफूहरूलाई राहात मिल्ने किसानको भनाइ छ। ऋणधन गरेर लगाएको खेती काटेर फाल्दा परिवारमा समेत तनाव थपिएको भन्दै किसान दुःख पोख्छन्।

बन्दा तीन रुपैयाँ किलोमा पनि नबिकेपछि काटेर फालेर चैते धान रोप्ने तयारीमा किसान छन्। गर्त वर्ष भने राम्रो बिकेर एक जना किसान २ लाख रुपैयाँसम्म आम्दानी गरेका किसानले यसपटक ५ हजारदेखि ७ हजार रुपैयाँसम्म पनि मुस्किलले हात पारेको बताउँछन्। लगानी नै ७० हजार रुपैयाँसम्म लगाएर बन्दा खेती गरेकोमा सबै लगानी खेर गएको छ। संघीय राजधानी काठमाडौंमा बिक्ने ३३ प्रतिशत हाराहारी तरकारी धादिङबाट जाने गरेको छ। यहाँ किसानले दुःख गरेर लगाएको बालीले मूल्य नपाएर फाल्नु पर्ने अवस्थामा भारतबाट भने ३५ अर्ब रुपैयाँको हरियो तरकारी मात्रै आयात भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.