नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघमा गुरुङ
काठमाडौं : नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघमा बलराम गुरुङ नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संघको सातौ वार्षिकोत्सव तथा तेस्रो अधिवेशनबाट एभरेष्ट लुम कम्पनीको अध्यक्ष समेत रहेका गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विचित भएको हो ।
निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्ष दावा शेर्पा,उपाध्यक्षहरूमा राधाकुमारी पन्त, सोनाम लामा, दान बहादुर चन्द, महासचिव सुकुमान बोम्जन, सचिव आशिष लामा, विवश योञ्जन, कोषाध्यक्ष राजेश कुमार रायमाझी, सहकोषाध्यक्ष डिमा जाङवु शेर्पा रहेका छन्।
यसैगरी सदस्यहरूमा डोल्मो बोम्जन तामाङ, लमिन माया लामा, आङ दोर्जे शेर्पा, पुष्पा रत्न महर्जन, भिमबहादुर तामाङ, कृष्णमान प्रजापति, छत्रलाल श्रेष्ठ, सुरेश लामा, कृष्ण विक्रम शाह, नरहरि थापा र नाम्लाङ तेन्जिङ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !