भगवान् श्रीरामको जन्मदिनमा वीरगन्जमा निकालियो शोभा यात्रा
वीरगन्ज :भगवान् श्रीरामको जन्मोत्सवमा आइतबार वीरगन्जमा भव्य शोभा यात्राका साथै मोटरसाइकल र्याली निकालिएको छ । रामनवमीका अवसरमा वीरगन्ज–१० घडिअर्वास्थित रामजानकी मन्दिर परिसरबाट भगवान् श्रीरामको शोभा यात्रा निकालिएको हो ।

वीरगन्ज महानगरपालिका र वडा नम्बर १० को वडा समिति कार्यालयको समन्वय र स्थानीयको सहभागीतामा मन्दिर पसिरबाट निकालिएको शोभा यात्राले नगर परिक्रममा गरेको थियो । ‘जय श्रीराम’ नारा अंकित भगवा झण्डा र बाजागाजासहित निस्केको शोभा यात्राले माईस्थान, आदर्शनगर, अलखियामठ हुँदै पुन: घडिअर्वा पोखरस्थित रामजानकी मन्दिरमा पुगेर समापन भएको थियो ।

शोभा यात्रामा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह,वडासदस्य सन्तोष जैशी,प्रभु महतोका साथै भक्तजनहरूको उल्लेख्य सहभागीता थियो । यात्रापछि मन्दिर परिसरमा पुगेका भक्तजनहरूलाई मेयर सिंहले प्रसाद वितरण गरिएको घडिअर्वा स्पोर्टस् क्लबका अध्यक्ष सन्तोष कानुले जानकारी दिए ।

यस्तै रामनवमीकै अवसरमा कुर्मी सशक्तिकरण मञ्च पर्साले पनि वीरगन्जमा आइतबार भगवा झण्डासहित बृहत मोटरसाइकल र्यायी निकालेर नगर परिक्रमा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !