नेपाली सेनाले गोरखा जितगढी ११ दिने एकीकरण पदयात्रा गर्दै

नेपाली सेनाले गोरखा जितगढी ११ दिने एकीकरण पदयात्रा गर्दै

तानसेन : नेपाली सेनाले नेपाल एकीकरणको समयमा प्रयोग भएको पदमार्ग तथा तथा विभिन्न युद्धमा प्रयोग भएका गढी, दरबार, युद्धस्थलहरूको अध्ययन अवलोकन गर्दै गोरखा जितगढी ११ दिने पैदलयात्रा कार्यक्रम तय गरेको छ। 

गोरखा नेपाल एकीकरण सुरुवाती जिल्ला हो भने बुटवल जितगढी अंग्रेज सेनालाई हराएको ऐतिहासिक युद्ध किल्ला हो। १८७१ देखि १८७२ सालमा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बुटवल जितगढी क्षेत्रबाट अंग्रेज फौजलाई वैशाख ७ गते हराएर भगाएको दिन हो। अंग्रेज सेनालाई हराएको दिन वैशाख ७ गते विजय उत्सव मनाउन नेपाली सेना गोरखादेखि ३०५ किलोमिटर पैदलयात्रा गर्दै बुटवल जितगढी किल्लाको यात्रा तय गरेको हो। 

एकीकरण मार्ग लगायत ऐतिहासिक धरोहरको जर्गेना गर्न, एकीकरण अभियान तथा नेपाल अंग्रेज युद्धमा हासिल गरेको विजय गाथाको इतिहासलाई संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गरी भावी पुस्तामा हस्तान्तरण गर्न, सबै नेपालीहरूमा राष्ट्रिय एकताको भावना विकास गर्न, सम्पदा पर्यटन प्रवर्द्धन गर्न, सेना र जनता बीचको सम्बन्धलाई बलियो बनाउन गोरखा जितगढी पदयात्रा अभियान गरिएको पदयात्रा कमान्डर सह सेनानी रमेश अधिकारीले बताए। 

नेपाली सेनाको पदयात्राको टोली चैत २८ गते गोरखादेखि तनहुँ, स्याङ्जा हुँदै २०८२ वैशाख २ गते पाल्पा प्रवेश गर्ने छ। पाल्पा प्रवेश सँगै २०८२ वैशाख २ गते बिहान नेपाली सेनाको पदयात्री टोलीलाई केलादी घाट रामपुरमा स्वागत गर्ने, उक्त टोली केलादीघाट हुँदै देवीस्थान बगैँचा हुँदै श्रीनगर होटल हुँदै दर्छा सिताकुण्ड, तुने भन्ज्याङ, बेलडाँडा, सिलुवा पिलुवा जव्गादी, वीरकोट ३५ किलोमिटर यात्रा गर्ने छ। 

वैशाख ३ गते विरकोट वाकुमगढी देउराली, हुमिन देविनगर, झडेवा जगत गोठादी हुँदै माथागढी ३९ किलोमिटर नेपाली सेनाको टोलीले पदयात्रा गर्ने छ। वैशाख ४ गते माथाँगढी, गोठादी झडेवा हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी दमकडा हुँदै वासटारी प्रभास ३५ किलोमिटर यात्रा गर्ने छ। 

वैशाख ५ गते प्रभास, लामडाँडा, बरतुङ्ख, तानसेन, काजीपौवा पुन प्रभास आएर १७ किलोमिटर यात्रा गरी बास बस्ने छ। सोही दिन तानसेनमा सर्वसाधारणदेखि जिल्लाका प्रमुख स्थानहरूको अवलोकन तथा कर्णेल उजिर सिंह थापाले निर्माण गरेको भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम पदयात्रीहरूको रहेको छ। 

वैशाख ६ गते प्रभास डुम्रे, मस्याम हटिया, मरेक, रानीवास दोभान ३२ किलोमिटर यात्रा गर्ने छ। वैशाख ७ गते नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजयोत्सव गरेको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगी बुटवलको टोली तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजयोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ। 

नेपाल एकीकरणको क्रममा प्रयोग भएका पाल्पाका ऐतिहासिक पदमार्गलाई व्यवस्थित बनाउने, पदमार्गमा रहेका गढी किल्ला, कोत तथा युद्ध स्थलहरूलाई व्यवस्थित गरी संरक्षण गर्ने, जनतामा राष्ट्रियता जगाउने, एकता बढाउने सेना र जनता बीचको सम्बन्धलाई समधुर बनाउने, जनताका सल्लाह सुझावहरू लिने दिने उद्देश्यसहित पाल्पामा ६ दिने पदयात्रा हुने दि फेशम महिन्द्र दल गण पाल्पाका गणपति भुपेन्द्र गुरुङले बताए। 

नेपाली सेनाले प्रत्येक वर्ष पुस २७ गते पूर्वतर्फ गोरखा–काठमाडौं एकीकरण पदयात्रा गर्दै आएको छ। चैत २७ गतेदेखि वैशाख ७ गतेसम्म पश्चिम तर्फ गोरखा जितगढी पदयात्रा सुरु गरेको छ। नेपाली सेनाले पश्चिम गोरखा जितगढी पदयात्रा २०७९ सालदेखि सुरु गरेको हो। पदयात्रा टोलीमा ५३ जना नेपाली सेना रहेका छन्।

पाल्पामा दि फेमश महिन्द्र दल गणको नेतृत्वमा नेपालको राष्ट्रिय झण्डासहित एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजासहित एकीकरण पदयात्रामा सहभागी हुने पदयात्रा संयोजक सेनानी जित बहादुर कार्कीले बताए। एकीकरण पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरवदल गण, काली भञ्जन गण, राजदल गण, पाल्पाको दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण प्रत्यक्ष सहभागी रहने छन्। 

पदयात्रा टोलीमा विशेष अवस्थाको पोसाक लगाएको समूह, परम्परागत पोसाक लगाएको समूह, सुरक्षा समूह, गोरखादेखि सहभागी झण्डा बोक्ने समूह, ब्याण्ड बाजा समूह, मेडिकल, बाटो देखाउने, फोटो ग्राफर र चालक गरी ५३ जनाको सहभागिता रहने नेपाली सेना द फेमश महिन्द्रदल गण पाल्पाले जनाएको छ। 

यसैगरी पदयात्रालाई व्यवस्थित, सुरक्षित, मर्यादित बनाउनका लागि दि फेमश महिन्द्र दल गण पाल्पाले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समिति, तानसेन नगरपालिका, तिनाउ गाउँपालिका, माथाँगढी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रामपुर नगरपालिका, स्थानीय सरोकारवाला व्यक्तिसँग अन्तरक्रिया गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.