राजावादीलाई प्रधानमन्त्रीको प्रश्न- संविधानअन्तर्गत शपथ खाने अनि संविधान मान्दिनँ भन्ने?


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भन्न नमिल्ने बताएका छन्।  ‘हिमालयन डायलड’को उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरूले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको बताए। 

'पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन। मलाई साथ देऊ भनिराखेका छन्,'  राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने, 'संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो।' यसबाट संक्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ छ। 

'जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ। जायज माग लिएर आउँदा हामी सुन्छौं। सडकमा कसैले दुःख पाइरहनु पर्दैन। शिक्षकहरूले सडकमा बसिरहनु पर्दैन। हामी संवादबाट उहाँहरूका मागलाई यथोचित सम्बोधन गर्नेछौं,' उनले भने। प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा त्यसका केही दायित्वहरू निर्वाह गर्न लागेको बताए। उनले बंगालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमीकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गरे।

'हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र संस्कृतिक रूपमा विविधतायुक्त छ। विविधताका बीचमा एकता आवश्यक छ। बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्,' प्रधानमन्त्री ओलीले भने, 'विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ।'

उनले आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा हामीले आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिए। भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उनले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताए। 'अन्तर्राष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन। कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन। हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौं। हामी शान्तिका पक्षमा छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.