जयगढ बजारमा भएको आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट

जयगढ बजारमा भएको आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट
सुन्नुहोस्

अछाम : अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीबाट एक घर, दुई सुनचाँदी पसल, एउटा मोबाइल पसल, एउटा भाडा पसल र ४ किराना पसल जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कालु सुनार किस्मत सुनाको सुनचाँदी पसल, रतन साउदको घर, हिमाल साउदको मोबाइल पसल, रति साउदको भाडा पसल, रामबहादुर रावत, मन्जु साउद, रगोकुल साउदको किराना पसल जलेर नष्ट भएको हो। 

आगो नियन्त्रणका लागि मंगलसेन नगरपालिकाबाट दमकल पुगेको छ। आगो नियन्त्रणमा कठिनाई भइरहेको स्थानीयले बताएका छन्। आगो निभाउन पुगेको दमकल बजारभित्र जान नसक्दा जेसिबीले घर भत्काउने काम भइरहेको स्थानीय तारामान खड्काले जानकारी दिए।

 
बजारमा स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई पसलमा साँझ ७:२० मिनेटमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। आगो अझै नियन्त्रणमा आउन सकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.