एकल अंकले घटेर बन्द भयो सेयर बजार, ५ अर्बमाथिको कारोबार

एकल अंकले घटेर बन्द भयो सेयर बजार, ५ अर्बमाथिको कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन  बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन बुधबार  ९.६६ अंकले बढेको नेप्से परिसूचक आज ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा पुगेको हो।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ। बुधबार ४ अर्ब ४८ करोडको सेयर कारोबार भएकोमा आज ५ अर्ब ६३ करोड बराबरको कारोबार भयो। यसदिन ३२१ स्क्रिप्सको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँमा खरिदबिक्री भए।

नेप्से ओरालो लाग्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ९.९८ प्रतिशतले बढ्यो।

राधी विद्युत कम्पनी ३५ करोड ९४ लाख मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३० करोड,सीईडीबी होल्डिंग्सको २९ करोड र नगदी  ग्रुपको २६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

चार समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक, हाइड्रोपावर,माइक्रोफाइनान्स र म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक घटेको हो। कारोबारमा आएकामध्ये ११३ वटा स्टक्सको मूल्य बढ्दा १३१ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.