पर्यापर्यटनमा निकुञ्जहरूको पहलकदमी
पछिल्लो समयमा नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १२ वटा पुगेको छ। ती १२ वटा राष्ट्रिय निकुञ्ज हुन्, १. खप्तड राष्ट्रिय निकुञ्ज। २. चितवन राष्ट्रिय निकुञ्ज। ३. पर्सा राष्ट्रिय निकुञ्ज। ४. बर्दिया राष्ट्रिय निकुञ्ज। ५. बाँके राष्ट्रिय निकुञ्ज। ६. मकालु बरुण राष्ट्रिय निकुञ्ज। ७. रारा राष्ट्रिय निकुञ्ज। ८. लाङटाङ राष्ट्रिय निकुञ्ज। ९. शुक्लाफाँट राष्ट्रिय निकुञ्ज। १०. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज। ११. शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज। १२, सगरमाथा राष्ट्रिय निकुञ्ज।
यस्तै, पछिल्लो पटक ‘मेरा पिक राष्ट्रिय निकुञ्ज’ नयाँ निकुञ्जका रूपमा घोषणा हुने क्रममा छ। उता नेपालमा एक सिकार आरक्षण क्षेत्र (ढोरपाटन) रहेको छ भने एक वन्यजन्तु आरक्षण क्षेत्र (कोशी टप्पु) पनि छ। ६ वटा संरक्षण क्षेत्रहरू रहेका छन्। ती ६ वटा संरक्षण क्षेत्रहरू हुन्, १. अन्नपूर्ण संरक्षण क्षेत्र। २. अपी नाम्पा संरक्षण क्षेत्र। ३. कञ्चनजंघा संरक्षण क्षेत्र। ४. कृष्णसार (बर्दिया) संरक्षण क्षेत्र। ५. गौरीशंकर संरक्षण क्षेत्र। र, ६. मनास्लु संरक्षण क्षेत्र।
माथिका राष्ट्रिय निकुञ्जहरू, आरक्षण क्षेत्रहरू र संरक्षण क्षेत्र एवं सिकार आरक्षण क्षेत्रहरूले ठूलो संख्यामा विदेशी पर्यटक आकर्षित गरिरहेका छन्। त्यसमा पनि आर्थिक गतिविधि तथा पर्यटकहरू आवतजावत गर्ने संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज महŒवपूर्ण अर्थात् प्रमुख राष्ट्रिय निकुञ्जका रूपमा छन्। नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो, ‘चितवन राष्ट्रिय निकुञ्ज।’ त्यसैले गर्दा पनि सुरुआती समयदेखि नै नेपालको निकुञ्ज, आरक्षण क्षेत्रहरू, संरक्षण क्षेत्र एवं सिकार आरक्षण क्षेत्रको पर्यटनमा आर्थिक उपार्जनका हिसाबले हेर्दा चितवन राष्ट्रिय निकुञ्जको एकदमै महŒवपूर्ण योगदान रहेको देखिन्छ, रहँदै आएको छ।
जस्तो कि, पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकहरूको संख्या र आर्थिक उपार्जनका हिसाबले भन्नुपर्दा आर्थिक वर्ष २०८०÷८१ मा चितवन राष्ट्रिय निकुञ्जमा जम्मा ३ लाख ६ हजार ८ सय ३७ जना (स्वदेशी र विदेशी) पर्यटकहरूले भ्रमण गरिसकेका थिए। त्यस्तै गरेर अर्को एक तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० को साउन महिनादेखि जेठ महिनासम्म चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ८८ हजार ३ सय ५९ जना पर्यटकले भ्रमण गरेका थिए। यसरी आर्थिक वर्ष २०७९÷८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकमध्ये १ लाख ९८ हजार ८ सय २६ जना आन्तरिक अर्थात् नेपाली पर्यटक छन्। ३५ हजार ८ सय ३६ जना सार्क मुलुकका पर्यटक रहेका छन्। अन्य देशका २९ हजार ५ सय ७६ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका थिए। साथै आर्थिक वर्ष २०७९÷८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ८८ हजार ३ सय ५९ जना पर्यटकले तिरेको राजस्व रकम १७ करोड ३० लाख ३ हजार ९ सय रुपैयाँ संकलन भएको थियो।
जे होस्, कोरोना महामारी मत्थर भएपछि नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या जसरी बढ्दै गएको देखिन्छ, त्यसरी नै आन्तरिक रूपमा नेपालको विभिन्न पर्यटकीय स्थलमा भ्रमण गर्न निक्लने स्वदेशी पर्यटकको संख्या कोरोना महामारीको समयभन्दा धेरै बढिरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याभन्दा आन्तरिक अर्थात् स्वदेशी पर्यटकको संख्या अत्यधिक रहनुमा चितवन भौगोलिक हिसाबले नेपालको केन्द्र (लगभग मध्य भाग) मा रहनु पनि मुख्य कारण हुन सक्ने देखिन्छ। अर्को भनेको विगतका केही वर्षदेखि नेपालीहरू पनि राष्ट्रिय चाडबाड र बिदामा घरमै बसेर फिल्म हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोज–भतेर गर्ने, जुवा–तास खेल्ने, मादक पदार्थ पिएर पैसा सक्ने, अन्य फर्माइस गर्नेभन्दा पनि देश–देशावरको भ्रमणमा निक्लने क्रम बढ्दै गएको छ।
राष्ट्रिय चाडबाड र बिदामा घरमै बसेर फिल्म हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोज–भतेर गर्ने, जुवा–तास खेल्ने, जाँड–रक्सी खाएर पैसा सक्ने, अन्य फर्माइस गर्नेभन्दा पनि देश–देशावरको भ्रमण गर्ने संस्कृतिको विकास युवा पुस्तामा अनिवार्यजस्तै हुँदै गएको देखिन्छ। जसले गर्दा नेपालको आन्तरिक पयर्टन प्रवद्र्धन गर्नमा ठूलो टेवा पुगेको छ। त्यस्तै गरेर, आफ्नो देशको जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, भगौलिक विविधता, जातजाति पिच्छेको भेषभूषा, संस्कार, संस्कृति, बोलीचाली, परम्परागत कानुन, मूल्यमान्यता, रहनसहन आदि प्रत्यक्ष हेर्ने, देख्ने र अनुभव गर्ने सुनौलो अवसर पनि पाएका छन्, पाइन्छन्।
पछिल्लो पटक नेपाली पनि ठूलो संख्यामा देश–विदेश घुम्ने प्रचलन बढ्दै गएको छ। अझ नेपालीहरूले आफ्नो देशको विभिन्न क्षेत्रमा भ्रमण गर्न जाँदाभन्दा पनि अन्य देश घुम्न जादा धेरै खर्च गर्ने गरेको भन्ने तथ्यांक छ। त्यस्तै, अर्को एक सूचनाअनुसार नेपालमा आन्तरिक पर्यटक भएर घुम्ने नेपालीहरूले विदेशबाट नेपाल घुम्न आएका विदेशी पर्यटक (खासगरी नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी पर्यटकहरू)ले भन्दा धेरै खर्च गर्ने गरेका छन्। सो कुरो नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा होटल, लज, होमस्टे तथा गेस्ट हाउस सञ्चालन गर्ने स्थानीयहरूले बताएका हुन्। त्यसैले हामी नेपालीहरूले पहिले वा भनौं सकेसम्म हाम्रै देशका राष्ट्रिय निकुञ्जहरू, आरक्षण क्षेत्रहरू र संरक्षण क्षेत्र एवं सिकार आरक्षण क्षेत्रहरू भ्रमण गर्ने बानी बसालौं। यसरी, स्वदेशको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरौं !
त्यसो त आमपाठकले सुन्दा र पढ्दाखेरि निश्चय पनि साह्रै नमीठो लाग्न सक्छ। तथापि आजभन्दा केही दशक अघिसम्म नेपालका केही पर्यटकीय गन्तव्यमा (जस्तै, सोलुखुम्बुको लुक्ला, फाक्दिङ, जोरसल्लेभन्दा माथि (अप्ठ्यारो हुने भए, हटाउन–काट्न सकिने) नेपालका (आन्तरिक पर्यटक) मात्रै नभएर केही विदेशी (जस्तै, उदाहरणका लागि इजरायली) पर्यटकहरूले समेत बास पाउन साह्रै मुस्किल पथ्र्यो। स्मरणीय छ, त्यसबेला लुक्ला, फाक्दिङ, मोन्जु, जोरसल्ले कटेर गएपछि आफ्नो होटल, लज, गेस्ट हाउसमा बास बस्न आउने–बास माग्ने पर्यटकलाई पहिले नै उसको राष्ट्रियता सोध्ने गरिन्थ्यो। यो कुरोलाई अहिले आएर स्थानीयहरूले ठाडै अस्वीकार गर्न सक्छन्। तर पंक्तिकार पनि धेरै लामो समयसम्म ट्रेकिङ मजदुर (भरिया हुँदै ट्रेकिङ गाइडसम्म) भएको हुनाले प्रत्यक्ष देखेको, भोगेको, अनुभव गरेको घटनाहरू हुन्।
अन्त्यमा, हामीले केवल निकुञ्ज पर्यटनलाई मात्रै नभएर सिकार पर्यटन, चराचुरुंगी दृश्यावलोकन, पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, हाइकिङ, मेडिटेसन, हेल्थ टुरिज्म, साहसिक पर्यटन, जंगल सफारी, क्यानोइङ, हट एयर बालुनिङ, सांस्कृतिक पर्यटनतिर लाग्नुपर्ने देखिएको छ। यसका साथै, अध्ययन पर्यटन, स्वस्थ्य उपचार पर्यटन, सिटी टुर, योग र योगा, ध्यान, सामाजिक अध्ययन पनि आवश्यक छ। नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको धर्म, वेशभुषा, रहनसहन, संस्कार, संस्कृति, भाषा अध्ययन आदिको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन, सफारी पर्यटन आदिको पनि प्रवद्र्धन र प्रचारप्रसार गर्नेतर्पm लाग्नुपर्ने देखिन्छ। यसो गर्न सके नेपालको समग्र पर्यटन क्षेत्र अझ फस्टाउने छ।
प्रतिक्रिया दिनुहोस !