दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका सहयोगी दीपक खड्कालाई १२ दिनको म्याद थप गरेको हो। दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर र  सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यहाँ आवश्यक कागजी प्रक्रिया पुर्‍याएर अदालतमा पेस गरिएको थियो। 

भारतमा पक्राउ परेका प्रसाईंलाई झापाबाट हवाई मार्गबाट काठमाडौं ल्याइएको थियो। ​​​​​​राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ परेका थिए। 

चैत १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए। राजावादीको प्रदर्शनमा आन्दोनकारीहरूलाई उक्साएर विध्वंशकारी घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,महामन्त्री धवलशमशेर राणा प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधको कसूरमा मुद्दा चलाइएको छ।

तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुईजनाको ज्यान गएको थियो भने सुरक्षाकर्मीसहित १३० बढी घाइते भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.