आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले भने- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, आन्दोलनमा बसिरहनु पर्दैन

आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले भने- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, आन्दोलनमा बसिरहनु पर्दैन
सुन्नुहोस्

रुपन्देही : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने बताएका छन्।

बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले आन्दोलनमा रहिरहन नपर्ने बताए। 

'समस्याहरू छन् तर सडकमा गइरहनुपर्ने थिएन। म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु। तपाईंहरूले आफ्ना समस्यामात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ,' उनले भने।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भीडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.