जनताको अपेक्षा र चाहना अनुसारको बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

जनताको अपेक्षा र चाहना अनुसारको बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल
सुन्नुहोस्

तानसेन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जनताको चाहना, अपेक्षा, गुनासोहरू सम्बोधन गर्ने गरी आगामी वर्षको बजेट निर्माणमा सरकार जुटिरहेको बताएका छन्। 

विगतका वर्षहरूमा भन्दा भिन्न शैलीको बजेट निर्माणको लागी कामहरू भइरहेको, स्वदेशमै रोजगारी, उद्योगधन्दा, कलकारखानामुखी, उत्पादनमुखी बजेट निर्माणमा सरकार लागिपरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बताए। 

नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै अर्थमन्त्री पौडेलले अहिले जनताले सडकदेखि सामाजिक सञ्जालहरूमा गरेको गुनासा अपेक्षा, सुझावलाई आफूले स्वाभाविक रूपमा लिएको र देशमा स्थायित्व र विकासको लागी एमाले कांग्रेसको सरकार निर्माण भएको यो सरकार आगामी निर्वाचन सम्म ढुक्कले जाने अर्थमन्त्री पौडेलले बताए।

 
अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा चर्चा गरिएको जस्तो विवाद नभएको र केही दिनमै सरकारले निजी क्षेत्र, अर्थशास्त्रीले रुचाएको गभर्नरलाई सरकारले नियुक्ति गर्ने बताए। 

यो सरकार बनेसँगै अर्थतन्त्रमा देखा परेका सुस्तता सुधार हुँदै गएको, रोकिएका ठूला ठूला विकास निर्माणका आयोजनामा काम भइरहेको अर्थमन्त्री पौडेलले बताए। 

देश र जनताले खोजेको अर्थतन्त्र लागू गर्न आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदनमा दिएका सुझावलाई सरकारले अध्ययन गरेर कार्यान्वयन गर्दै लगिने अर्थमन्त्री पौडेलले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.