प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ अंकले बढयो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। बुधबार यो सेसनमा नेप्से परिसूचक १३.२३ अंकले बढेर २७०२.४६ विन्दुमा अडिएको छ। ५४ वटा स्क्रिप्सको ५५ हजार २३७ कित्ता सेयर १ करोड ७३ लाख ४४ हजार ८३८ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ३७ स्टक्सको मूल्य बढ्यो भने १६ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !