चीनसँग 'ट्रेड वार' चलिरहेका बेला भारत भ्रमणमा आउँदैछन् अमेरिकी उपराष्ट्रपति भान्स

चीनसँग 'ट्रेड वार' चलिरहेका बेला भारत भ्रमणमा आउँदैछन् अमेरिकी उपराष्ट्रपति भान्स
सुन्नुहोस्

काठमाडौं : अमेरिकी उपराष्ट्रपति जेडी भान्स सोमबार भारतको चार दिने भ्रमणमा आउँदैछन्। भान्सले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। उनीहरूबीच अर्थव्यवस्था, व्यापार र भूराजनीतिका विषयमा छलफल हुने आकलन गरिएको छ।

भान्सको भ्रमणलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले महत्त्वपूर्ण कूटनीतिक मिसनको रूपमा हेरेको छ। चीनसँग दूरी बढिरहेका बेला भारतमा अमेरिकाको महत्त्वपूर्ण भ्रमण हुनु सुखद पक्ष रहेको भारतीय कूटनीतिक विज्ञहरूको भनाइ छ। भारत र चीनबीच पनि सम्बन्ध राम्रो हुन नसकिरहेका बेला भान्सको भ्रमणले भारतको अर्थव्यवस्थालाई माथि उकास्न सक्ने उनीहरूको बुझाइ छ। 

भारत र अमेरिकाबीच एक खर्ब ९० अर्ब डलरको द्विपक्षीय व्यापार भएको थियो। अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो। भारतको विदेश मन्त्रालयले यो भ्रमणले ‘दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्ने अवसर प्रदान गर्ने’ र दुई नेताले ‘आपसी हितको क्षेत्रीय र विश्वव्यापी घटनाक्रममा विचार आदानप्रदान गर्ने’ बताएको छ।

राष्ट्रिय गुप्तचरकी निर्देशक तुलसी गबार्ड भूराजनीतिक सम्मेलनका लागि भारत आएको केही हप्तापछि र मोदीले वासिङ्टनमा ट्रम्पलाई भेटेको दुई महिनापछि भान्सको भारत आगमन निश्चित भएको हो। ह्वाइट हाउसमा फर्केपछि ट्रम्पसँग वार्ता गर्न र भेट गर्न अमेरिका जाने मोदी पहिलो नेताहरूमध्ये एक हुन्। आफ्नो भ्रमणका क्रममा मोदीले अमेरिकासँग ‘मेगा साझेदारी’को प्रशंसा गरेका थिए। 

आफ्नो भ्रमणका क्रममा मोदीले आफू अमेरिकी वस्तुहरूमा थप भन्सार दर कटौती गर्न, कागजातविहीन भारतीय नागरिकहरूलाई फिर्ता पठाउन र सैन्य उपकरण खरिद गर्न तयार रहेको भन्दै आउँदै गरेका व्यापार अवरोधहरूलाई नरम पार्ने प्रयास गरेका थिए।

भारत द्विपक्षीय व्यापार, प्रत्यक्ष विदेशी लगानी, रक्षा सहयोगका लागि अमेरिकाको नजिकको साझेदार हो भने इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावविरुद्ध लड्न एक महत्त्वपूर्ण रणनीतिक मित्र पनि हो। यो संयुक्त राज्य अमेरिका, भारत, जापान र अस्ट्रेलियाबाट बनेको क्वाडको एक हिस्सा पनि हो। क्वाडलाई यस क्षेत्रमा चीनको विस्तारविरुद्ध सन्तुलनका रूपमा हेरिन्छ।

एप्पल इङ्क र गुगलजस्ता प्रमुख अमेरिकी कम्पनीहरूले हालका वर्षहरूमा भारतमा आफ्नो सञ्चालन विस्तार गरेका छन्। गत महिना मस्कको स्टारलिङ्कले भारतका दुई शीर्ष टेलिकम अपरेटरहरूसँग उपग्रह आधारित इन्टरनेट सेवाहरू प्रदान गर्न सम्झौता गरेको थियो।

व्यापार सम्बन्धलाई थप बढावा दिन अमेरिका र भारतले अपेक्षित व्यापार सम्झौता अन्तर्गत सन् २०३० सम्ममा उनीहरूको द्विपक्षीय व्यापारलाई पाँच खर्ब डलरभन्दा बढी गरी दोब्बर बनाउने महत्त्वाकांक्षी लक्ष्य राखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.