प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.८५ अंकले घटेर २७०४.१८ विन्दुमा पुगेको छ।
यो समयमा ६१ वटा स्क्रिप्सहरूको ३ हजार ३२६ कित्ता सेयर १९ लाख ९६ हजार ३२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २६ स्टक्सको मूल्य बढ्यो भने ३२ वटाको घटयो।
प्रतिक्रिया दिनुहोस !