एक नेपालीसहित २८ जनाको ज्यान लिने आतंककारीहरूको स्केच सार्वजनिक

एक नेपालीसहित २८ जनाको ज्यान लिने आतंककारीहरूको स्केच सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : जम्मू कश्मिरको पहलगाममा भएको आक्रमणमा संलग्न तीन जना आतंककारीको स्केच सार्वजनिक भएको छ। भारतीय सुरक्षा एजेन्सीहरूले मुसा, युनुस र आसिफ नामका आक्रमणकारीहरूको स्केच सार्वजनिक गरेको हो।

मंगलबार पहलगाममा भएको आक्रमण उनीहरूको प्रत्यक्ष संलग्नता रहेको सुरक्षा एजेन्सीहरूले पुष्टि गर्दै स्केच सार्वजनिक गरेको हो। उनीहरू तीनैजना लश्कर-ए-तोयबासँग सम्बन्धित रहेको बताइएको छ। उनीहरूलाई आसिफ शेख, सुलेमान साह र अबु तल्लाहका नामले चिनिने गरेको सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

उनीहरू एक-४७ लगायतका अत्याधुनिक बन्दुकहरू लिएर पहलगाममा पर्यटकमाथि अन्धाधुन्ध फायर गरेका थिए। घटनामा २८ जनाको मृत्यु भएको छ। जसमा एक नेपाली पनि रहेका छन्। बुटवल निवासी सुदीप न्यौपानेको घटनामा मृत्यु भएको छ। उनी घुम्नका लागि पहलगाम पुगेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

भारतको सुरक्षा एजेन्सी र सुरक्षा निकायहरूले अहिले पहलगाम क्षेत्रमा सर्च अभियान जारी राखेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आतंककारीहरूलाई कुनै हालतमा नछोड्ने बताइसकेका छन्। यसैबीच भारतका गृहमन्त्री अमित शाह घटनास्थलको निरीक्षण गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.