टर्कीएमा शक्तिशाली भूकम्प

टर्कीएमा शक्तिशाली भूकम्प
सुन्नुहोस्

काठमाडौं : टर्कीएको इस्तानबुल तथा वरपरका क्षेत्रमा बुधबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। टर्कीएको विपद् व्यवस्थापन निकायका अनुसार हालसम्म मानवीय क्षतिको रिपोर्ट आएको छैन।

भूकम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो। यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको थियो।

भूकम्प हुँदा धेरै मानिसहरू सडकमा भागेका थिए। केही स्थानमा भवनबाट हाम फाल्दा मानिसहरू घाइते भएको जनाइएको छ। एक पुरानो खाली भवन भत्किएको खबर आएको छ। इस्तानबुलको मेयरले क्षति धेरै नरहेको भए पनि त्रास फैलिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.