पहलगाममा आतंककारी आक्रमणपछि...

पाकिस्तानीलाई ४८ घन्टाभित्र भारत छोड्न उर्दी, भिसा रोकसँगै कूटनीतिज्ञलाई पनि फिर्ता पठाइने

पाकिस्तानीलाई ४८ घन्टाभित्र भारत छोड्न उर्दी, भिसा रोकसँगै कूटनीतिज्ञलाई पनि फिर्ता पठाइने

काठमाडौं : भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको छ। जम्मू कश्मिरमा २६ जनाको ज्यान जानेगरी आतंककारी आक्रमण भएपछि भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको हो।

भारतीय खुफिया एजेन्सीहरूले उक्त आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर-ए-तोयबाको संलग्नता पुष्टि गरेपछि भारतले यस्तो निर्णय गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको उच्चस्तरीय बैठकले पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध पनि अन्त्य गर्ने विदेश सचिव विक्रम मिश्रीले जानकारी दिए। भारतको विदेश मन्त्रालयले बुधबार राति पत्रकार सम्मेलन गर्दै भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र देश छोड्न निर्देशन पनि दिएको छ। 

भारतमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरूले सात दिनभित्र देश छोड्न निर्णय गरिएको विदेश सचिव मिश्रीले बताए। पाकिस्तानमा रहेका आफ्ना पाँच कूटनीतिज्ञलाई पनि भारतले फिर्ता बोलाएको छ।

त्यस्तै भारत-पाकिस्तानको मुख्य नाका कटारी नाका पनि भारतले बन्द गर्ने भएको छ। नाकाबाट सीमा वारपार गर्ने भारतीय तथा पाकिस्तानी नागरिकलाई मे १ सम्मको समयसीमा तोकिएको छ। उक्त समयभित्र भारतीय तथा पाकिस्तानी नागरिकले उक्त नाका प्रयोग गरेर स्वदेश फर्किन सक्नेछन्। त्यस्तै भारतले पाकिस्तानसँग सम्झौता गरेको सिन्धु जल सम्झौता पनि स्थगित गरेको छ। 

भारतीय खुफिया एजेन्सीहरूले उक्त आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर-ए-तोयबाको संलग्नता पुष्टि गरेपछि भारतले यस्तो निर्णय गरेको हो।

कश्मिरको पहलगममा मंगलबार भएको आतंककारी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको विदेश मन्त्रालयले पुष्टि गरेको छ। आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर-ए-तोयबाको संलग्नता रहेको सुरक्षा विशेषज्ञहरूले बताएका छन्। पाकिस्तानले उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताएपछि भारत झन् संशकित बनेको सुरक्षा विज्ञहरूको बुझाइ छ।

भारतको सुरक्षा एजेनसीहरूले आक्रमणमा संलग्न तीन जना आतंककारीको स्केच सार्वजनिक गरेको छ। सुरक्षा निकाय र एजेन्सीहरूको अनुसन्धानपछि घटनामा मुसा, युनुस र आसिफ नामका व्यक्तिहरूको संलग्ता रहेको पुष्टि गरिएको छ। तीनैजना लश्कर-ए-तोयबासँग सम्बन्धित रहेको सुरक्षा एजेन्सीहरूको दाबी छ। उनीहरूलाई आसिफ शेख, सुलेमान साह र अबु तल्लाहका नामले चिनिने गरेको सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

उनीहरू एक-४७ लगायतका अत्याधुनिक बन्दुकहरू लिएर पहलगाममा पर्यटकमाथि अन्धाधुन्ध फायर गरेका थिए। भारतको सुरक्षा एजेन्सी र सुरक्षा निकायहरूले अहिले पहलगाम क्षेत्रमा सर्च अभियान जारी राखेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आतंककारीहरूलाई कुनै हालतमा नछोड्ने बताइसकेका छन्। यसैबीच भारतका गृहमन्त्री अमित शाह घटनास्थलको निरीक्षण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.