शिक्षक आन्दोलन २३औं दिन पनि जारी

शिक्षक आन्दोलन २३औं दिन पनि जारी
सुन्नुहोस्

काठमाडौं : विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार २३औं दिन पनि आन्दोलन जारी राखेका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरूले बिहीबार पनि बिजुली बजार क्षेत्रमा आन्दोलन जारी राखेका हुन्। 

शिक्षकहरू सडकमा गीतमार्फत व्यङ्ग्य गर्दै नाचगानसहित आन्दोलनमा सहभागी भएका छन् भने केही शिक्षकहरू सडकमा जादु देखाउदै मनोरञ्जन गराइरहेका छन्। त्यस्तै जारी आन्दोलनका क्रममा नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समितिले सडकमा नै खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। 

आन्दोलनमा सहभागी भएका शिक्षकहरूले रक्तदान गरेका छन्। महासंघले ७५ सालदेखि ८० सालसम्म गरेका तीनवटा सहमतिका आधारमा शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आएको छ। सरकारले आफूहरूको माग सम्बोधन नगरेकाले आफूहरू आन्दोलनमा सहभागी भएको शिक्षकहरूले जनाएका छन्।

महासंघले आफूहरूको आन्दोलनका कारण नयाँ इतिहास रच्न लागेको भन्दै आन्दोलनमा उत्साहका साथ लाग्न शिक्षकहरूलाई आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.