यसकारण खानुपर्छ, भिटामिन ए !

यसकारण खानुपर्छ, भिटामिन ए !
फाइल तस्बिर।

भिटामिन एक किसिमको जैविक, यौगिक हो। खाद्य विज्ञानले अत्यावश्यक थोरै मात्रामा चाहिने खाद्य पदार्थको सूचीमा भिटामिनलाई राखेको छ। भिटामिन आफैंले तागत दिँदैन तर तागत उत्पादन गर्न सहयोगी बन्छ। शरीरले उत्पादन (भिटामीन डी र के बाहेक) नगर्ने भएकोले खाद्य पदार्थबाटै परिपूर्ति गर्नु पर्दछ। शरीरमा आवश्यक १३ प्रकारका भिटामिनमा ए, डी, ई, के चिल्लोमा घुलनशील हुन्छन्। भिटामीन सी तथा बी कम्प्लेक्स पानीमा घुलनशील हुन्छन्। 

 भिटामिन ए का बायोलोजीकल्ली सक्रिय रूप रेटिनोल, रेटिनल र रेटिनोइक एसिड हुन्। जसलाई संयुक्त रूपमा रेटिनोइड्स भनिन्छ।

के मा पाइन्छ ? 

रेटिनोल पशुजन्य स्रोतबाट मात्र पाइन्छ। जसमा कलेजो सबैभन्दा बढी भिटामिन ए पाइने स्रोत हो। प्रोभिटामिन ए क्यारोटिन वनस्पतिमा पाइन्छ। वनस्पतिजन्य (क्यारोटिनको) स्रोतमा सबैभन्दा बढी गाजर हो । अन्यमा गाढा हरियो रंगको पात भएका सागसब्जीहरू (सिस्नु, कर्कलो, लुडेसाग, धनियाँको पात, लट्टेको साग, फर्सीको मुन्टा, तोरीको साग, मुलाको पात, रायो, चनाको, मेथीको साग, चम्सुर, पालुंगो), पहेंलो जातका फलफूलहरू (पाकेको आँप, मेवा, फर्सी, गाजर, खुर्सानी, हलुवावेद) सुन्तला, गोलभेडा पर्छन्।

पशुजन्य (रेटिनोलको) स्रोतमा कलेजो, अण्डा, दूध र दूधबाट बनेका परिकार (नौनी, घिउ, चीज, दही) तथा स–साना माछा, माछाको कलेजोको तेल र सुत्केरी आमाको बिगौती (पहिलो) दूध कोलोस्ट्रम पर्छन्। 

दैनिक आवश्यकता कति ? 

बालबालिकाको लागि तीन सय माइक्रोग्राम, वयस्कको लागि सात सय माइक्रोग्राम वा तीन हजार आईयू तथा गर्भवती र स्तनपान गराइरहेका महिलालाई १००० माइक्रोग्राम वा चार हजार आईयू रेटिनोल चाहिन्छ। 

कसलाई खुवाउने ? 

–    ६ महिनादेखि ५ वर्षसम्मका बालबालिका
–    ६ हप्ताभित्रका सुत्केरी
–    रतन्धो र विट्टस स्पट आँखासम्बन्धी रोग भएका 
–    कुपोषण, दादुरा र झाडापखाला भएका

भिटामिन ए क्याप्सुल खुवाऔं 

स्वदेश तथा विदेशमा भए गरेका अध्ययनले ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउँदा ५० प्रतिशत कुपोषणको समस्या र एकतिहाइ बालमृत्युदर घटाउन सकिन्छ। भिटामिन ए खानेभन्दा नखाने बालकमा अकालमा मृत्यु हुन सक्ने सम्भावना चार गुणा रहन्छ।

प्रतिभिटामिन ए क्याप्सुल अन्दाजी एक रुपैयाँमात्र पर्ने भएकोले बाल मृत्युदर घटाउने ज्यादै मितव्यायी र सर्वसुलभ राष्ट्रिय भिटामिन ए खोप कार्यक्रम हो। ६ महिनादेखि ६० महिनासम्मका ३७ देखि ४० लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल ६० मिलिग्राम वा २ लाख आईयू खुवाइने गर्दछ। यसका साथै कुपोषणको मुख्य कारक जुका भएकोले एक वर्षदेखि पाँच वर्षसम्मका ३१ लाख बालबालिकालाई जुकाको औषधि पनि २०५७ देखि खुवाइने गरिँदै आएको छ। 

भिटामिन ए क्याप्सुल खानुपर्नेमा ६ देखि ६० महिनासम्मका बालबालिका, रतन्धो भएका व्यक्ति विट स्पट, केराटोमालेसिया, दादुरा, दीर्घ झाडापखाला लागेका र अति कुपोषित व्यक्ति (अन्य उपचारका साथै भिटामिन ए) ६ हप्ताभित्रका सुत्केरी आमा, गर्भवती, स्तनपान गराउने आमा पर्दछन्। गर्भवतीलाई हरिया सागपात र पहेंला फलफूल खानमा जोड दिइन्छ किनभने यसले बच्चाको कलेजोमा रेटिनोलको भण्डार बढाउँछ। रोकथाम तथा उपचारका रूपमा एक वर्Èभन्दा कम वा ८ केजी कम तौल भएकामा एक लाख य¬निट र ५ वर्Èभन्दा कमलाई ६० मिलिग्राम वा २ लाख इन्टरनेसनल युनिटको रेटिनोल खुवाइन्छ। त्यस्तै ज¬काका लागि १० केजीभन्दा कम तौल भएकामा एक सय मिलिग्राम, १० देखि २० केजी तौल भएकामा १ सय देखि २ सय मिलिग्राम र २० केजीभन्दा बढी तौल भएकामा ४०० मिलिग्राम अल्बेन्डाजोल दिइन्छ।

बढी सेवन गरे हानि

भिटामिन ए छालासम्बन्धी रोगहरू (डन्डीफोर, चायाँ, आदि) का मलममा, बढी नै प्रयोग भएमा, क्यारोटिन तथा रेटिनोल बढी सेवन गरेमा, कलेजोले भण्डारण गर्ने क्षमताभन्दा बढी भएमा विषालु बन्दछ। तुरुन्तै वाकवाकी लाग्ने, बान्ता आउने, टाउको र पेट दुख्ने, रिंगटा लाग्ने, पखाला लाग्ने, रिस उठ्ने, मांसपेशी कमजोर हुने, बाउँडिने, मस्तिष्कको उच्च रक्तचाप, छाला दर्फराउने भए पनि दीर्घकालीन असरमा कलेजो बिग्रिने, हड्डी बिग्रने र हाइपरअस्टासेसिस हुन्छ। त्यसैगरी गर्भवती र सुत्केरीमा टेराटोजेनेसिटी (आमाले सेवन गर्दा बच्चामा असर देखिने) असर पनि देखिन्छ। हाइपरभिटामिनोसिस ए मा कलेजो र फियो सुन्निने, पोर्टल उच्च रक्तचाप मस्तिष्कको उच्च रक्तचाप, छाला उप्कने, आमाशयमा दबाब परी भोक नलाग्ने, अल्छीपना, टाउको दुख्ने, वाकवाकी, हड्डी सजिलै भाँच्चिने, पखाला र स्केली डर्माटाइटिस हुने गर्दछ। हाइपरक्यारोटिनेमियामा रगतमा क्यारोटिनको मात्रा बढी म्युकोसा, अंगप्रत्यंगमा पहेलो रंग देखिन्छ। भिटामिन ए बढी हुँदा हानिकारकसमेत हुन्छ। 

भिटामिन ए पाउनका लागि प्राकृतिक स्रोतहरू नै पर्याप्त छन्। तर, अज्ञानता, गरिबीलगायतका कारण कतिपयले आफ्नो भोजनमा समावेश गर्न सक्दैनन्। त्यस्ताका लागि भिटामिन ए पूर्ति गर्न क्याप्सुल खुवाउनु उपयुक्त हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.