सुनको भाउ १ हजार रुपैयाँले घट्यो ? तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार एकतोला सुनमा एक हजार रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएको छ।बिहीबार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको थियो। त्यसअघि बुधबार एकैदिन ७ हजार ५ सय रुपैयाँले बढेको थियो।
मंगलबार भने एक तोला सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि सामान्य घटेको छ। आज एक तोला चाँदी २ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !