सुस्ता र प्रतापपुरमा चितुवा आतंक, एकैदिन चारजनामाथि आक्रमण

सुस्ता र प्रतापपुरमा चितुवा आतंक, एकैदिन चारजनामाथि आक्रमण
सुन्नुहोस्

परासी : चितुवाले आक्रमण गर्न थालेपछि नवलपरासीको प्रतापपुर र सुस्ता क्षेत्रका स्थानीयहर त्रसित बनेका छन् । शुक्रबार बिहान चितुवाको आक्रमणबाट चारजना घाइते भएपछि स्थानीयहरू त्रसित बन्न थालेका हुन् । आक्रमण गरेर भागेको चितुवा घना केराबारीमा लुकेको आंशका स्थानीयले गरेका छन् ।

सुरुमा चितुवाले स्थानीय टटुहवा पुल नजिकै खेतमा काम गरिरहेका प्रतापपुर गाउँपालिका–६ का ३६ वर्षीय रघुबिर केवटलाई आक्रमण गरेको थियो । त्यसपछि तीन घण्टाको अन्तरलालमा थप तीनजनालाई आक्रमण  गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बीरदत्त पन्तले बताए ।

घाइते हुने अन्य तीनजनामा प्रतापपुरकै वडा नम्बर ६ का ३० वर्षीय प्रेम कोइरी, २८ वर्षीय उमालाल कोइरी र सुस्ता गाउँपालिका–५ का २७ वर्षीय महमद मिया रहेका छन् । रघुवीर भने गम्भीर घाइते भएका छन्। उनको ढाड,अनुहार र टाउकोमा चोट लागेको छ। अन्यको हात र खुट्टामा चोट लागेको डीएसपी पन्तले जानकारी दिए । 

घाइते सबैको अवस्था सामान्य रहेको र उपचारपछि फर्केको प्रहरीले जनाएको छ ।  चितुवा राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने वन कर्मचारीहरूले  अनुमान गरेका छन् । नारायणी नदीमा पानी सुकेको र त्यहीबाट आएको हुन सक्ने सुस्ता/प्रतापपुर सब डिभिजन कार्यालयका रेञ्जर चिनबहादुर यादवले बताए । 

‘मानिसलाई आक्रमण गर्ने चितुवा घना केराबारीमा लुकेको हुनसक्ने आशंका छ । प्रहरी र वन कर्मचारीको टीमले खोजी गरिरहेका छौं । फेला परेको छैन , ’रेञ्जर यादवले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.