भारतीय विदेशमन्त्री र राजदूत शर्माबीच भेटवार्ता, मृतक सुदीप न्यौपानेप्रति श्रदाञ्जली अर्पण
काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।
भेटका क्रममा विदेशमन्त्री जयशंकरले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली नागरिकप्रति दुःख व्यक्त गरेका थिए। मृतक सुदीप न्यौपानेप्रति श्रदाञ्जली अर्पण गरेको उनले एक्समा उल्लेख गरेका छन्।
त्यस्तै दुई देशबीचको हितका विषयमा पनि छलफल भएको उनले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !