चार वर्षको नहुँदै मैले आमाको काख गुमाएँ, जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आमाको मुहार धमिलो सम्झनामा आइरहेको बताएका छन्। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मनाइने आमाको मुख हेर्ने पर्वका दिन बिहान प्रधानमन्त्री ओलीले आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका हुन्।
उनले चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएकाले जन्मभूमि नै आमाको प्रतिरूप बनेको बताए।
उनले आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् भन्ने कामना गरेका छन्। ओलीले भने, ‘आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्।’
शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।
प्रतिक्रिया दिनुहोस !