कर्णालीमा २० वर्ष मुनिका २१ प्रतिशत किशोरीहरू गर्भवती

कर्णालीमा २० वर्ष मुनिका २१ प्रतिशत किशोरीहरू गर्भवती
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा कम उमेरमा विवाह गर्ने र २० वर्षभन्दा पहिले नै गर्भवती हुनेको दर धेरै रहेको पाइएको छ । सामाजिक विकास मन्त्रालयको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कर्णालीमा प्रदेशको राजधानी वीरेन्द्रनगरमा लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना प्रादेशिक परामर्श कार्यशालामा यस्तो अवस्थाको तथ्यांक सार्वजनिक गरिएको हो । 

कार्यशालामा लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामाथि छलफल समेत भएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले मस्यौदामा उल्लेख भएको कुराहरु प्रस्तुत गरेका थिइन् । उनले प्रस्तुत गरेको तथ्यांक अनुसार कर्णाली प्रदेशमा जम्मा गर्भवती हुनेहरुमध्ये २१ प्रतिशत २० वर्ष मुनिका किशोरीहरू रहेका छन् । सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन् । जुन नेपालका सात वटै  प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।

सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काका अनुसार गर्भवती हुँदा १५ देखि ४९ उमेर समूहमा ७ वर्षअघि ४ दशमलव २ प्रतिशत र ३ वर्षयता ४ दशमलव ८ प्रतिशत लैङ्गिक हिंसाका घटना हुने गरेका छन् । लैङ्गिक हिंसा हुने दर विगतभन्दा ३ वर्षयता बढेको उनको भनाई छ । उनका अनुसार कर्णालीमा महिलाहरूमाथि हुने शारीरिक हिंसाका घटनाहरू पनि बढ्दै गएको अवस्था छ । विगत ७ वर्ष पहिला कर्णालीमा हिला हिंसा १५ प्रतिशत रहेकोमा ३ वर्षयता १६ दशमलव ७ प्रतिशत पुगेको छ । महिलाहरूमाथि हुने यौन दुर्व्यवहारका घटनाहरू पनि बढिरहेको मन्त्रालयको तथ्यांकमा छ ।  

यस्तै कर्णालीमा २० देखि २४ वर्ष उमेर समूहका २९ प्रतिशत महिलाहरूको विवाह १८ वर्षसम्म भएको देखिएको छ । प्रदेश सरकारले तयार पारेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ कार्यान्वयनमा हुँदा हुँदै पनि कम उमेरमा हुने विवाह र हिंसाका घटना न्यूनीकरण हुन सकिरहेको अवस्था छैन । तर यस नीतिका कारण लैङ्गिक हिंसाविरुद्ध सचेतना, रोकथाम तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरू भने प्रदेशभर गर्दै आएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजनाले लैगिक हिंसा न्यूनीकरण तथा उमेर नपुगी हुने विवाहलाई रोक्न सहयोग पुग्ने बताए । कार्यक्रममा सहभागी सरोकारवालाहरूले लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामाथि छलफलमा भाग लिएका थिए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.