घुससहित पक्राउ परेका सइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुससहित पक्राउ परेका सइविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सुन्नुहोस्

काठमाडौं : ३० हजार घुस रकमसहित पक्राउ परेका एकजना प्रहरी नायब निरीक्षक (सइ)विरुद्ध अख्तियार दुरूपयोग अनु्सन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। रुपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको हो।

रुपन्देहीको दुर्गौलिया नाकाहुँदै भारतबाट अवैधरुपमा घरायसी सामान भित्र्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि खड्काविरुद्ध ३० हजार बिगोसहित सजायको माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको अख्तियारले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.