सुशान्त केसीको गीत टी-सिरिजमा
काठमाडौं : गायक तथा कम्पोजर सुशान्त केसीको गीत टी-सिरिजमा सार्वजनिक भएको छ। सुशान्तको नेपाली गीत 'बार्दली'को हिन्दी संस्करण भनिएको 'उफ्' नामक गीत टी-सिरिजले सार्वजनिक गरेको हो।
उक्त गीतलाई २४ घन्टामा २० लाख बढीले हेरेका छन्। उक्त गीत अहिले नेपाल ट्रेन्डिङको दोस्रो नम्बरमा रहेको छ। सुशान्त र इन्द्रकला राईको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा सुशान्त र अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेका छन्। भिडियोलाई नयन राईले निर्देशन तथा छाँयाकन गरेका छन्।
सुशान्तको बार्दलीलाई भने नेपालीहरूले खुबै मन पराएका थिए। पछिल्लो ६ महिनामा बार्दलीलाई युट्युबमा ७ करोड ८१ लाख बढीले हेरेका छन्। बार्दलीमा गायक सुशान्त र आकृति राजभण्डारीले मुख्य अभियन गरेका छन्। त्यस्तै अन्ना शर्मा, निश्चल बस्नेत, सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्कालगायतले पनि अभिनय गरेका छन्।
प्रतिक्रिया दिनुहोस !