क्यानाडाको चुनावमा कार्नीको लिबरल पार्टी विजयी
काठमाडौं : क्यानडामा सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको पार्टी विजयी भएको छ। उनको लिबरल पार्टीले हालसम्म १६८ सिट जितेको छ।
क्यानडामा सरकार बनाउनका लाग १७२ सिट चाहिन्छ। अहिले पनि केही क्षेत्रको अन्तिम मत परिणाम आइनसकेकाले लिबरल पार्टीले बहुमत ल्याउँछ कि ल्याउँदैन भन्ने स्पष्ट हुन सकेको छैन। चुनाव जितेपछि प्रधानमन्त्री कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूलाई फुटाउने कोसिस गरेको आरोप लगाए।
क्यानडामाथि हैकम जमाउने सपना नदेख्न उनले ट्रम्पलाई चुनौती पनि दिए। 'क्यानडामाथि अधिपत्य जमाउने सपना कहिल्यै पूरा हुँदैन,' उनले भने। उनले अमेरिकासँग अब कुनै किसिमको सम्बन्ध बाँकी नरहेको प्रस्ट पारे। लिबरलले सन् २०१५ मा बहुमत प्राप्त गरेका थिए। त्यसयता उसले अल्पसङ्ख्यकहरूसँग मिलेर सरकारको नेतृत्व गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !