अमेरिकी कर नीतिका प्रभाव
अमेरिकी भन्सार कर नीतिले अरूको नोक्सानसँगै आफ्नो पनि अहित गर्नेछ ।
केही समययता अमेरिका सरकारले ‘राष्ट्रिय सुरक्षा वा व्यापार असमानता’ भन्दै अनियन्त्रित रूपमा भन्सार कर बढाई विश्वभरका व्यापार साझेदारसँग ‘बराबर भन्सार कर’ अझ बढी उठाउन लागेको छ । यसबाट वित्तीय व्यापार बजारमा ठुलो विश्वव्यापी तरंग उत्पन्न भएको छ ।
अमेरिकाको यो कदमले नियममा टिकेको बहुपक्षीय व्यापार व्यवस्था भंग भएको छ । र, स्वयं अमेरिकी अर्थतन्त्रमा ठूलो प्रतिकूल असर ल्याएको छ । तथ्यांक र प्राज्ञिक अनुसन्धानका दृष्टिकोणबाट हेर्दा अमेरिकी भन्सार कर नीतिले आफ्नो लक्ष्य प्राप्त गर्न असमर्थ रहने मात्र होइन, त्यसले अमेरिकी आन्तरिक अर्थतन्त्रको समस्यालाई समेत बढाइदिएको छ । त्यसबाट अरूको नोक्सान आफ्नो पनि अहितको अवस्था आएको छ ।
अमेरिकी ह्वाइट हाउसको सरकारी वेबसाइटमा अप्रिल १६ मा नयाँ अपडेट गर्दै भनिएको छ, ‘चीनले प्रतिशोधात्मक कदम चालेको हुनाले अमेरिकाले चिनियाँ मालसामानमाथि भन्सार कर बढाएर २४५ प्रतिशत पुर्याएको छ ।’ सन् २०१९ मा फेडरल रिजर्भ र कोलम्बिया युनिभर्सिटी आदि निकायको संयुक्त अनुसन्धानको परिणामले बढाएको भन्सार करको ९० प्रतिशतभन्दा बढीको मूल्य अन्ततोगत्वा अमेरिकी आयातकर्ता व्यापारीहरू र उपभोक्ताहरूले बेहोर्ने हो । अमेरिकी नेशनल रिटेल फेडेरेसनको सन् २०२२ को प्रतिवेदनमा भनिएको छ, ‘भन्सार कर नीतिले अमेरिकी परिवारले प्रतिवर्ष औसत ७०० अमेरिकी डलर बढी खर्च गर्नु परेको छ । यसको सबैभन्दा बढी भार मध्यम तथा न्यू आययुक्त परिवारलाई परेको छ । भन्सार कर ८० प्रतिशतभन्दा बढी हुँदा ९९ प्रतिशत अन्तर्राष्ट्रिय व्यापार रोकिने हुन्छ ।
अमेरिकाले असीमित भन्सार कर बढाउनुको एउटा उद्देश्य निर्माण उत्पादन व्यवसायलाई पुनः आफ्नो देश फर्काउनु र आर्थिक सुरक्षा भनिएको थियो । तर, तथ्यांकबाट यस्तो प्रभाव नगण्यमात्र परेको देखिएको छ । बोस्टन कन्सल्टिङ ग्रुपको सन् २०२३ को प्रतिवेदनले जनाउँछ, सन् २०१८ देखि २०२२ सम्म अमेरिकी निर्माण उद्योगको वार्षिक औसत रोजगार वृद्धि दर सरकारले लक्ष्य राखेभन्दा धेरै कम ०.३ प्रतिशतमात्र थियो । निर्माण उद्योगको पुनरावृत्तिका निम्ति पूर्ण उत्पादन आवश्यक हुन्छ । लागत मूल्यको मात्र हिसाब गरेर पुग्दैन । अमेरिका आफ्नैको श्रमको मूल्य उच्च छ । आधारभूत भौतिक संरचना पुराना भइसकेका छन् । वातावरणमा गम्भीर असर पर्नेछ । यी कुराले अमेरिकामा निर्माण उद्योगको पुनरावृत्तिका लागि ठुलो अवरोध खडा गरिदिएका छन् । त्यसैले अन्तर्राष्ट्रिय उद्योगहरूले दक्षिण पूर्व एसिया, मेक्सिको आदि ठाउँमा नजिकै आउट सोर्सिङ गरेर चीन र अमेरिकाको व्यापारिक तनावले ल्याएको अनिश्चितताबाट बच्ने प्रयास गरेका छन् ।
अमेरिकाले असीमित भन्सार कर बढाउनु दबाब दिएर व्यापार साझेदारलाई आफ्नो आज्ञाकारी बनाउन खोज्नु हो । त्यसको उद्देश्य व्यापार साझेदारलाई संवादमा आउन दबाब दिएको हुनसक्छ । तर दीर्घकालीन रूपमा हेर्दा त्यसले बजारका नियम तोड्दा विकृत बनाउने र अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने स्पष्ट छ । अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले अन्तर्वार्ता दिँदा चिनियाँहरूलाई ‘गाउँले’ भन्ने अनादरपूर्ण शब्द प्रयोग गरेपछि अमेरिकीलगायत विश्वका विभिन्न देशका जनताले आलोचना गरेका थिए । बीबीसीले युट्युबमा अमेरिकाको चीनप्रतिको भन्सार कर वृद्धिको समाचार धेरैपटक प्रसारण गरेको थियो । त्यसको कमेन्ट एरियामा चीनले अमेरिकी दबाबको विरोध गरेको थियो । त्यसलाई पहिलो पटक पूर्णरूपले समर्थन गरेको देखियो । यसबाट पनि अमेरिकी नीतिले अरू देशका जनताको मन जित्न नसकेको स्पष्ट हुन्छ । अमेरिकाको ‘बराबर भन्सार कर’ बढ्दै जान थालेपछि त्यसको प्रतिरोधमा चिनियाँ पक्षले आफ्नो अधिकार र हितको रक्षा गर्दै बहुलवादको संरक्षण गरेको छ ।
केही वर्षदेखि चीनले सक्रिय भई अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै विश्वका १५० भन्दा बढी देश र क्षेत्रको प्रमुख व्यापार साझेदार बन्न सफलता पाएको छ। यसबाहेक चीनले बीआरआई देशहरूबीचको व्यापारलाई पनि अघि बढाउँदै लगेको छ।
४० वर्षको सुधार तथा खुल्लापन नीतिका कारण भएको विकास र सञ्चयबाट चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र भइसकेको छ । चीन विश्वमा संयुक्त राष्ट्रसंघले निर्धारण गरेका सबै प्रकारका उद्योग भएको एकमात्र देश हो । लगातार १५ वर्षसम्म निर्माण उद्योगमा विश्वको पहिलो देश रहँदै आएको पनि छ । चीनको व्यावसायिक व्यवस्था र उद्योगसँग सम्बन्धित अन्य क्षमता सशक्त छ । आर्थिक विकासको आधार मजबुत एवं स्थिर छ । चीनको जनसंख्या १ अर्ब ४० करोड छ । बजार विशाल छ । प्रतिव्यक्ति जीडीपी १३ हजार अमेरिकी डलर नाघिसकेको छ । चिनियाँ समाज अहिले उपभोग क्षमताको स्तरोन्नतिको महत्वपूर्ण चरणमा पुगेको छ । बजार वृद्धिको पनि राम्रो संकेत देखिएको छ । लगानी र खपतको विशाल सम्भावनाले चिनियाँ अर्थतन्त्रको दिगो विकासलाई टेवा दिनेछ । उत्पादन व्यवसायमा उचित सहयोगात्मक संयोजनले गर्दा चिनियाँ उत्पादन वस्तुको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक शक्ति उच्च छ ।
केही वर्षदेखि चीनले सक्रिय भई अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै विश्वका १५० भन्दा बढी देश र क्षेत्रको प्रमुख व्यापार साझेदार बन्न सफलता पाएको छ । यस बाहेक चीनले बीआरआई देशहरूबीचको व्यापारलाई पनि अघि बढाउँदै लगेको छ । यस वर्षको पहिलो तीन महिनामा बीआरआईमा पर्ने देशहरूसँगको चीनको निर्यात पोहोरको सोही अवधिको भन्दा ७.२ प्रतिशत अभिवृद्धि भएको छ । ती देशसँगको आयात–निर्यात चीनको सम्पूर्ण आयात
निर्यातको ५० प्रतिशत नाघिसकेको छ ।
यसरी, बहुपक्षीय बजारको सिर्जना हुँदैछ, यसको अर्थ चीनको कुनै एक देशमा मात्र निर्यात निर्भरता घट्दै गइरहेको छ । अमेरिकाले यसपटक भन्सार करको कचिंगल मच्चाउनुअघि नै त्यहाँ हुने निर्यात् चीनको कुल निर्यातको १३ प्रतिशत मात्र थियो । अमेरिकाको आयात–निर्यात पनि कुल अन्तर्राष्ट्रिय व्यापारको १३ प्रतिशत मात्र छ । त्यसैले अमेरिकी पक्षले भन्सार कर बढाई ल्याएको नकारात्मक असरलाई प्रतिकार गर्ने चीन सरकार र चिनियाँ जनताको पूर्ण आत्मविश्वास र शक्ति छ ।
अमेरिकाको एकपक्षीय रूपमा विश्व व्यापार संयन्त्रै पल्टाउने कुरालाई अमेरिकी लगायत विश्व जनताले राम्रो मानेका छैनन् । चीन विभिन्न विकासशील देशसँग एकसाथ अडिग रहेर अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गरी स्थिर, सत्यवादी, व्यावहारिक वैश्विक व्यापारिक वातावरण स्थापना गर्न, विश्व अर्थतन्त्रको आत्मविश्वास पुनस्र्थापना गर्न र विश्वका सबै देशसँग नयाँ चरणको आर्थिक विकासको लाभ साझा रूपमा उपयोग गर्न चाहन्छ ।
सोङ , नेपालका लागि चिनियाँ राजदूत हुन् ।
प्रतिक्रिया दिनुहोस !