अमेरिकी कर नीतिका प्रभाव

अमेरिकी कर नीतिका प्रभाव
सुन्नुहोस्

अमेरिकी भन्सार कर नीतिले अरूको नोक्सानसँगै आफ्नो पनि अहित गर्नेछ ।

केही समययता अमेरिका सरकारले ‘राष्ट्रिय सुरक्षा वा व्यापार असमानता’ भन्दै अनियन्त्रित रूपमा भन्सार कर बढाई विश्वभरका व्यापार साझेदारसँग ‘बराबर भन्सार कर’ अझ बढी उठाउन लागेको छ । यसबाट वित्तीय व्यापार बजारमा ठुलो विश्वव्यापी तरंग उत्पन्न भएको छ ।

अमेरिकाको यो कदमले नियममा टिकेको बहुपक्षीय व्यापार व्यवस्था भंग भएको छ । र, स्वयं अमेरिकी अर्थतन्त्रमा ठूलो प्रतिकूल असर ल्याएको छ । तथ्यांक र प्राज्ञिक अनुसन्धानका दृष्टिकोणबाट हेर्दा अमेरिकी भन्सार कर नीतिले आफ्नो लक्ष्य प्राप्त गर्न असमर्थ रहने मात्र होइन, त्यसले अमेरिकी आन्तरिक अर्थतन्त्रको समस्यालाई समेत बढाइदिएको छ । त्यसबाट अरूको नोक्सान आफ्नो पनि अहितको अवस्था आएको छ ।

अमेरिकी ह्वाइट हाउसको सरकारी वेबसाइटमा अप्रिल १६ मा नयाँ अपडेट गर्दै भनिएको छ, ‘चीनले प्रतिशोधात्मक कदम चालेको हुनाले अमेरिकाले चिनियाँ मालसामानमाथि भन्सार कर बढाएर २४५ प्रतिशत पुर्‍याएको छ ।’ सन् २०१९ मा फेडरल रिजर्भ र कोलम्बिया युनिभर्सिटी आदि निकायको संयुक्त अनुसन्धानको परिणामले बढाएको भन्सार करको ९० प्रतिशतभन्दा बढीको मूल्य अन्ततोगत्वा अमेरिकी आयातकर्ता व्यापारीहरू र उपभोक्ताहरूले बेहोर्ने हो । अमेरिकी नेशनल रिटेल फेडेरेसनको सन् २०२२ को प्रतिवेदनमा भनिएको छ, ‘भन्सार कर नीतिले अमेरिकी परिवारले प्रतिवर्ष औसत ७०० अमेरिकी डलर बढी खर्च गर्नु परेको छ । यसको सबैभन्दा बढी भार मध्यम तथा न्यू आययुक्त परिवारलाई परेको छ । भन्सार कर ८० प्रतिशतभन्दा बढी हुँदा ९९ प्रतिशत अन्तर्राष्ट्रिय व्यापार रोकिने हुन्छ ।

अमेरिकाले असीमित भन्सार कर बढाउनुको एउटा उद्देश्य निर्माण उत्पादन व्यवसायलाई पुनः आफ्नो देश फर्काउनु र आर्थिक सुरक्षा भनिएको थियो । तर, तथ्यांकबाट यस्तो प्रभाव नगण्यमात्र परेको देखिएको छ । बोस्टन कन्सल्टिङ ग्रुपको सन् २०२३ को प्रतिवेदनले जनाउँछ, सन् २०१८ देखि २०२२ सम्म अमेरिकी निर्माण उद्योगको वार्षिक औसत रोजगार वृद्धि दर सरकारले लक्ष्य राखेभन्दा धेरै कम ०.३ प्रतिशतमात्र थियो । निर्माण उद्योगको पुनरावृत्तिका निम्ति पूर्ण उत्पादन आवश्यक हुन्छ । लागत मूल्यको मात्र हिसाब गरेर पुग्दैन । अमेरिका आफ्नैको श्रमको मूल्य उच्च छ । आधारभूत भौतिक संरचना पुराना भइसकेका छन् । वातावरणमा गम्भीर असर पर्नेछ । यी कुराले अमेरिकामा निर्माण उद्योगको पुनरावृत्तिका लागि ठुलो अवरोध खडा गरिदिएका छन् । त्यसैले अन्तर्राष्ट्रिय उद्योगहरूले दक्षिण पूर्व एसिया, मेक्सिको आदि ठाउँमा नजिकै आउट सोर्सिङ गरेर चीन र अमेरिकाको व्यापारिक तनावले ल्याएको अनिश्चितताबाट बच्ने प्रयास गरेका छन् ।null

अमेरिकाले असीमित भन्सार कर बढाउनु दबाब दिएर व्यापार साझेदारलाई आफ्नो आज्ञाकारी बनाउन खोज्नु हो । त्यसको उद्देश्य व्यापार साझेदारलाई संवादमा आउन दबाब दिएको हुनसक्छ । तर दीर्घकालीन रूपमा हेर्दा त्यसले बजारका नियम तोड्दा विकृत बनाउने र अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने स्पष्ट छ । अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले अन्तर्वार्ता दिँदा चिनियाँहरूलाई ‘गाउँले’ भन्ने अनादरपूर्ण शब्द प्रयोग गरेपछि अमेरिकीलगायत विश्वका विभिन्न देशका जनताले आलोचना गरेका थिए । बीबीसीले युट्युबमा अमेरिकाको चीनप्रतिको भन्सार कर वृद्धिको समाचार धेरैपटक प्रसारण गरेको थियो । त्यसको कमेन्ट एरियामा चीनले अमेरिकी दबाबको विरोध गरेको थियो । त्यसलाई पहिलो पटक पूर्णरूपले समर्थन गरेको देखियो । यसबाट पनि अमेरिकी नीतिले अरू देशका जनताको मन जित्न नसकेको स्पष्ट हुन्छ । अमेरिकाको ‘बराबर भन्सार कर’ बढ्दै जान थालेपछि त्यसको प्रतिरोधमा चिनियाँ पक्षले आफ्नो अधिकार र हितको रक्षा गर्दै बहुलवादको संरक्षण गरेको छ ।

केही वर्षदेखि चीनले सक्रिय भई अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै विश्वका १५० भन्दा बढी देश र क्षेत्रको प्रमुख व्यापार साझेदार बन्न सफलता पाएको छ। यसबाहेक चीनले बीआरआई देशहरूबीचको व्यापारलाई पनि अघि बढाउँदै लगेको छ।

४० वर्षको सुधार तथा खुल्लापन नीतिका कारण भएको विकास र सञ्चयबाट चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र भइसकेको छ । चीन विश्वमा संयुक्त राष्ट्रसंघले निर्धारण गरेका सबै प्रकारका उद्योग भएको एकमात्र देश हो । लगातार १५ वर्षसम्म निर्माण उद्योगमा विश्वको पहिलो देश रहँदै आएको पनि छ । चीनको व्यावसायिक व्यवस्था र उद्योगसँग सम्बन्धित अन्य क्षमता सशक्त छ । आर्थिक विकासको आधार मजबुत एवं स्थिर छ । चीनको जनसंख्या १ अर्ब ४० करोड छ । बजार विशाल छ । प्रतिव्यक्ति जीडीपी १३ हजार अमेरिकी डलर नाघिसकेको छ । चिनियाँ समाज अहिले उपभोग क्षमताको स्तरोन्नतिको महत्वपूर्ण चरणमा पुगेको छ । बजार वृद्धिको पनि राम्रो संकेत देखिएको छ । लगानी र खपतको विशाल सम्भावनाले चिनियाँ अर्थतन्त्रको दिगो विकासलाई टेवा दिनेछ । उत्पादन व्यवसायमा उचित सहयोगात्मक संयोजनले गर्दा चिनियाँ उत्पादन वस्तुको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक शक्ति उच्च छ ।

केही वर्षदेखि चीनले सक्रिय भई अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै विश्वका १५० भन्दा बढी देश र क्षेत्रको प्रमुख व्यापार साझेदार बन्न सफलता पाएको छ । यस बाहेक चीनले बीआरआई देशहरूबीचको व्यापारलाई पनि अघि बढाउँदै लगेको छ । यस वर्षको पहिलो तीन महिनामा बीआरआईमा पर्ने देशहरूसँगको चीनको निर्यात पोहोरको सोही अवधिको भन्दा ७.२ प्रतिशत अभिवृद्धि भएको छ । ती देशसँगको आयात–निर्यात चीनको सम्पूर्ण आयात 
निर्यातको ५० प्रतिशत नाघिसकेको छ ।

यसरी, बहुपक्षीय बजारको सिर्जना हुँदैछ, यसको अर्थ चीनको कुनै एक देशमा मात्र निर्यात निर्भरता घट्दै गइरहेको छ । अमेरिकाले यसपटक भन्सार करको कचिंगल मच्चाउनुअघि नै त्यहाँ हुने निर्यात् चीनको कुल निर्यातको १३ प्रतिशत मात्र थियो । अमेरिकाको आयात–निर्यात पनि कुल अन्तर्राष्ट्रिय व्यापारको १३ प्रतिशत मात्र छ । त्यसैले अमेरिकी पक्षले भन्सार कर बढाई ल्याएको नकारात्मक असरलाई प्रतिकार गर्ने चीन सरकार र चिनियाँ जनताको पूर्ण आत्मविश्वास र शक्ति छ ।

अमेरिकाको एकपक्षीय रूपमा विश्व व्यापार संयन्त्रै पल्टाउने कुरालाई अमेरिकी लगायत विश्व जनताले राम्रो मानेका छैनन् । चीन विभिन्न विकासशील देशसँग एकसाथ अडिग रहेर अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गरी स्थिर, सत्यवादी, व्यावहारिक वैश्विक व्यापारिक वातावरण स्थापना गर्न, विश्व अर्थतन्त्रको आत्मविश्वास पुनस्र्थापना गर्न र विश्वका सबै देशसँग नयाँ चरणको आर्थिक विकासको लाभ साझा रूपमा उपयोग गर्न चाहन्छ ।

सोङ , नेपालका लागि चिनियाँ राजदूत हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.