स्वास्थ्य जागरुकताका लागि न्युरोथेरापी

स्वास्थ्य जागरुकताका लागि न्युरोथेरापी
सुन्नुहोस्

हङकङ : हङकङमा जति व्यस्त समय र कामको चाप छ, त्यति नै विलासिता पनि । कामको रफ्तारबाट बचेको समयमा रमाईलो गर्नुपर्छ भन्दै खानपिन र शारीरिक व्यायाममा ध्यान नदिँदा, आर्थिक, सामाजिक, पारिवारिक र मनोवैज्ञानिक तवरले सन्तुष्टि नहुँदा गम्भीर स्वास्थ्य समस्या देखिएको छ ।

उच्च रक्तचाप, हार्ट अट्याक, स्ट्रोक, प्यारालाइसिस, मोटोपन, अटिजमलगायतका स्वास्थ्य समस्याहरू धेरै मात्रामा हङकङेली नेपालीहरूमा देखिने गरेको छ । मनोरञ्जनात्मक कार्यक्रमहरू हप्तै हुने भए पनि स्वास्थ्य समस्या र चेतना विषयक कार्यक्रमहरू कमै हुने गर्दछन् । आयोजित कार्यक्रमहरूमा पनि समुदायका उपस्थिति न्यून रहन्छ । 

सिनियर न्युरोथेरापिस्ट तर्जुना मगरले सिङ्गो नेपाली समुदायकै लागि भनेर एक कार्यक्रमको आयोजना गरिन् । अवारनेस हेल्थ न्युरोथेरापी इभेन्ट (स्वास्थ्य जागरुकता) कार्यक्रम भारतबाट आएका न्युरोथेरापी एक्सपर्ट आचार्य श्रीरामगोपाल दीक्षितले तीन सेसनमा सहभागीहरूलाई न्युरोथेरापी, पहिचान र समाधान विषयक प्राकृतिक चिकित्सकीय विधिको बारेमा जानकारी दिएका थिए । दीक्षितले पहिलो दिन वर्कसप, दोस्रो दिन योगा र अन्तिम दिन रोगको वैज्ञानिक प्राकृतिक पहिचानको बारेमा प्रशिक्षण प्रदान गरे । 

कार्यक्रममा याउचिमोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ, जनसम्पर्क समिति भाइस प्रेसिडेन्ट ताहिर खान, लाङघाली कल्याण समाज हङकङ अध्यक्ष नीलम थापामगरलगायत दर्जनभन्दा बढी सघंसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । 

आयोजक तर्जुना भन्छिन्, ‘यो पहिलो प्रयास हो, खासमा हाम्रो समुदायलाई स्वास्थ्यसम्बन्धी अझ धेरै सचेतना र कार्यक्रमहरूको खाँचो छ । विदेशी भूमिमा पैसा र विलासिताको पछि भाग्दा आफ्नो स्वास्थ्य बिगारिरहेका छौं ।’ आफू, आफ्नो परिवार र समुदायका लागि आगामी दिनमा अझ यस्ता कार्यक्रमहरूको संख्या र सहभागिताको संख्या बढ्न आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.