हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले पाकिस्तानी दूतावासलाई बुझायो ज्ञापन पत्र

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले पाकिस्तानी दूतावासलाई बुझायो ज्ञापन पत्र
सुन्नुहोस्

काठमाडौं : हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासलाई ज्ञापन पत्र बुझाएका छन्। भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको घटनाको निन्दा गर्दै अभियानका प्रतिनिधिहरूले पाकिस्तानी दूतावासमा गएर ज्ञापन पत्र बुझाएका हुन्।

गत ९ वैशाखमा एक नेपालीसहित २६ जनाको हत्याले दुःखी बनाएको र दुराग्रह राखेर पाकिस्तानबाट आएका आतंकवादीहरुले निहत्था हिन्दू पर्यटकलाई मार्ने प्रवृत्ति घोर निन्दनीय कार्य भएको भन्दै ध्यानाकर्षण गराए। अभियानले पाकिस्तानी सेना प्रमुखको अभिव्यक्ति पनि आपत्तिजनक रहेको उल्लेख गरेको छ।

'धर्म सोध्दै हिन्दूहरुलाई गोलि हानेको घटनामा नेपालीप्रति पनि दुराग्रह राखेर पाकिस्तानबाट आएका आतंकवादीहरुले निहत्था हिन्दू पर्यटकहरुलाई मार्ने प्रवृत्ति घोर निन्दनीय कार्य हो। मानिसको बच्न पाउने अधिकारलाई हनन गर्दै विश्व शांति र सुरक्षमा समेत आघात पार्ने कामले हामीलाई दुखी बनाएको छ। पाकिस्तानी सेनाका सेना प्रमुख असिम मुनिरले हिन्दू समाज विरुद्ध दिएको भडकाउ भाषणबाट प्रभावित भएर एक साता भित्रै धर्म सोध्दै छानि छानि हिन्दूहरुलाई मार्नुले सेना प्रमुख र आतंकवादीबीच कुनै संलग्नता छैन भनेर विश्वास गर्न सकिँदैन। यिनै आतंकवादी गतिविधिका विरुद्ध संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्ताव २७३४ को स्मरण गर्दै पाकिस्तानबाट भारत कश्मिरमा आएर सन्दिप न्यौपानेसहित हिन्दू पर्यटकहरुको ज्यान मार्ने आतंकवादीहरुलाई कारबाही गरी आतंकवादलाई आर्थिक सहयोग तथा प्रश्रय नदिन सम्पूर्ण नेपाली जनताकातर्फ बाट ध्यान आकर्षण गराउँदौं,' ज्ञापन पत्रमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.