च्या खानु हुन्छ ?

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालबाट ३ अर्ब ५७ करोड बराबरको चिया निर्यात

च्या खानु हुन्छ ?
फाइल तस्बिर।

‘च्या खानु हुन्छ ? ’ पहिला ‘मोटो चिया खाने’ भन्ने चलन थियो। मोटो मत्लव बाक्लो दूध हालेको, चिनी पनि जिब्रोमा झुन्डिने खाल्को। अहिले चिया खाने शैली परिवर्तन भएको छ। रातो चियामा रमाउने जमात बढ्दैछ। आजभोलि चिनीसहितको रातो चिया खानेहरूको संख्या पनि घट्ने क्रममा छ। 

चिया उद्यमी उदय चापागाईंको चिया कारखानामा पुग्दा उनले पहिलो अफर नै चियाको गर्छन्। चिया पिउँदिन भन्ने त खासै भेटिदैन। त्यसपछि उनको ‘चिया चर्चा’ सुरु हुन्छ। 

नेपालका प्रमुख चिया उत्पादक चापागाईंसँग नेपालकै उत्कृष्ट अर्गानिक अर्थोडक्स चिया हुन्छ। उनी नेपाली चिया जर्मनका ९५ सहरसहित फिनल्यान्ड, फ्रान्स, जापान, चीन र भारतमा बिक्री गर्छन् र विदेशी मुद्रा भित्राउँछन्। कुराकानीको थालनीमै उनले सुनाए, ‘नेपाली चियाको भविश्यमा खास शंखा गर्नु पर्दैन, भविश्य छ तर केही व्यवस्थापन पनि जरुरी छ।’ उनका अनुसार पछिल्लो समयमा बढेको कामदारको अभाव भने चुनौतीको विषय बनेको छ। उनको गोर्खा टि स्टेटको मात्रै ६ सय रोपनी चिया बगान छ। 

उनलाई दैनिक ६० कामदार आवश्यक छ। तर, उनीसँग अहिले १० जना मात्रै काम गरिरहेका छन्। चियामा व्यापार गर्ने चिया उत्पादक किसानको हितलाई वास्ता नगर्ने समूह चिया क्षेत्रमा रहेकाले उनीहरूलाई पनि किसानको पक्षमा उत्तरदायी बनाउनुपर्ने उनको भनाइ छ। त्यसैगरी, चियाको विषयमा सरकार जिम्मेवार नरहेकाले बजारीकरण सहितको विषयमा सरकारले चिया क्षेत्रलाई सजिलो गरी बोक्नुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘सरकार, उद्यमी र किसानले संयुक्त रूपमा काम गर्ने भए चियाबाट मात्रै वार्षिक २० अर्बको कारोबार गर्न सकिने उनको दाबी छ। 

उनको गोर्खा टी स्टेट इलामले वार्षिक ७०,००० किलो अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्छ। त्यो प्रत्येक बर्ष ‘सुन्दरपानी’ ब्रान्डमा जर्मनसहित पाँच देशमा बिक्री हुन्छ। चियाको स्वाद जति मिठो छ तर यसको उत्पादन र बजारीकरणको काम त्यती स्वादिलो बन्न सकेको छैन। छिमेकी मुलुकको चालबाजी, तेस्रो मुलुकले रुचाउने चिया उत्पादन गर्न नसक्नु, बोटदेखि ओठसम्मको प्रक्रियामा खाद्य सुरक्षा अपनाउन नसक्नु जस्ता कारणले चिया सम्झँदा चिया उत्पादक कृषक र प्रसोधनकर्ताको मनमा टर्रो स्वाद आउने गरेको राष्ट्रिय कृषक समूह महासंघका केन्द्रिय उपाध्यक्ष गणेश पोख्रेल बताउँछन्। उनी भन्छन्, ‘समस्याको चाँङमा उभिएको नेपाली चियाको भविश्य भने कृषि क्षेत्र बुझेको सरकार आउनासाथ सुनिश्चत हुन्छ।’

उकालो लाग्यो व्यापार 

यस वर्ष गत वर्षको भन्दा धेरै चिया बिक्री भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा साढे ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म तीन अर्ब ५७ करोड ३१ लाख रुपैयाँको १ लाख ६४ हजार ८५२ केजी चिया निर्यात भएको हो। सूर्योदय नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रज्वल प्रधान चिया विक्रीमा पोहोरको जस्तो समस्या अहिले नदेखिएको बताउँछन्। उनी भन्छन्, ‘अहिले फष्टफ्लसको चिया भएकाले पनि बजारको माग बढेको हुन सक्छ।’ गत वर्ष सो अवधिमा २ अर्ब ५४ करोड १८ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३० हजार ५१६ केजी निर्यात भएको थियो। गत वर्षको तुलनामा चिया निर्यातको ग्राफ पनि उकालो लागेको भन्सार विभागको तथ्याकले देखाएको छ। गत वर्षको तुलनामा १ अर्ब रुपियाँ बराबरको ३४ हजार किलो चिया बढी निर्यात भएको हो। चालु आवभर चार अर्ब ५० करोड रुपैयाँको चिया हुने अनुमान गरिएको छ। विभागका अनुसार गत आव २०८०/८१ मा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको १ करोड ६५ लाख केजी चिया निर्यात भएको थियो। चाँपागाई भन्छन्, ‘यो वर्ष सबै चिया उत्पादकहरू गत बर्षको तुलनामा बढि विक्री गरिरहेका छन्।’ 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक एवं प्रवक्ता डा. दीपक खनालले विगतको वर्षको तुलनामा चियाको निर्यात उत्साहजनक भएको बताए। उनले अन्तर्राष्ट्रिय बजार चियाको माग वृद्धि भएको जानकारी दिए। 

कहाँ–कहाँ जान्छ नेपाली चिया ? 

नेपाली चियाको मुख्य बजार भारत हो। बोर्डका अनुसार आव २०८०/८१ मा मुलुकभर २० हजार ७६० हेक्टर जमिनमा २ करोड ७० लाख केजी चिया उत्पादन भएको थियो। 

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने २ करोड ६४ लाख किलो उत्पादन भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा २ करोड ६३ लाख किलो उत्पादन भएको थियो। पछिल्लो सात वर्षको अवधीमा आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्ममा भने चियाको उत्पादन घटेको थियो। ती वर्षहरूमा २ करोड ४० लाख किलोको हाराहारीमा वार्षिक उत्पादन हुने गरेको थियो।  भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको १ करोड ६५ लाख किलो चिया नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो। चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्मको अवस्थामा नेपालले ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ।

नेपालमा १५ हजार २०३ जना चिया कृषक, १७१ वटा टी स्टेट र साना मझौला १२० वटा चिया प्रशोधन केन्द्रमार्फत ६० हजार जनाले रोजगारी पाएको सरकारको दावी छ।  नेपालमा उत्पादित चिया बेल्जियम, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान कोरिया, क्यानडा, नेदरल्यान्डलगायतका देशमा निर्यात हुने गरेको छ।  चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेपछि नेपाली चिया उद्यमीहरूमा थप आशा पलाएको छ। परिणाम स्वरुप नेमाली चियाको माग समेत बढ्दै गएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.