सिन्धुलीको जुनार, समृद्धिको आधार

सिन्धुलीको जुनार, समृद्धिको आधार
सुन्नुहोस्

गोलन्जोर गाउँपालिका–४ तिनकन्याका किसान गुण्डबहादुर ठकुरीले जुनार बेचेर यो वर्षमात्र १५ लाख रूपैयाँ आम्दानी लिए। वर्षमा ३५ लाख रुपैयाँसम्मको जुनार बिक्री गर्दै आएका ठकुरीले जुनारकै आम्दानीबाट काठमाडौंमा घर घडेरी जोडेका छन्। यो वर्ष अनुकूल मौसम नहुँदा ठकुरीको जुनार उत्पादनमा केही कमी आयो।

झन्डै ३५ वर्ष अघिदेखि जुनार खेति गर्दै आएका किसान ठकुरीलाई उनकी धर्मपत्नी देवीकुमारी ठकुरीले सघाउँछिन्। उमेरले सात दशक हि“डे पनि ठकुरी जुनार खेतीमा सक्रिय छन्। उनले अहिले २५ रोपनीभन्दा बढी क्षेत्रफलमा जुनार खेती गर्दै आएका छन्। कुनै बेला मकै र कोदो पनि नफल्ने जमिनमा ठकुरीको जुनार खेतीमा आफ्नो सपना मात्र पूरा भएको छैन, केही स्थानीयलाई रोजगारी पनि सिर्जना गरिदिएका छन्। यो त एउटा उदाहरण मात्र हो। सिन्धुलीको महाभारत क्षेत्रमा पर्ने गोलन्जोर गाउँपालिका– १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ् जुनार उत्पादनका दृष्टिले पकेट क्षेत्र हुन्। यहाँका किसानले आफ्नै मेहनत र पौरखबाट वार्षिक रूपमा लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्। जुनार उत्पादनका दृष्टिकोणले सिन्धुली जुनारको राजधानीका रूपमा परिचित छ। जिल्लाको गोलन्जोरसँगै कमलामाई नगरपालिका ३ जलकन्या चपौली, तीनपाटन गाउँपालिका– १ तो श्रामखोला, सुनकोसी गाउँपालिका– ७ मझुवा लगायतका क्षेत्रमा जुनारको व्यवसायीक खेती हुँदै आएको छ। 

यहाँका मुख्य पेशा र आम्दानीको स्रोत भनेको जुनार तथा सुन्तला खेती नै हो। यसअघि यहाँका किसानहरू खेतबारीमा परम्परागत बालीहरू दलहन, मकै, कोदो, फापर फलाएर जीवन गुजार्थे। तर, पछिल्लो समय जुनारको पर्याप्त बजार, उचित मूल्य र राज्यले नै जुनार उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन कार्यक्रम सञ्चालनमा ल्याएपछि यसलाई विस्तार व्यावसायिककरण गर्न थालिएपछि यहाँका नागरिकको समृद्धिको आधार जस्तै बनेको छ।

जिल्लाका महाभारत क्षेत्रका किसानले कम्तीमा ५ लाखदेखि ३५ लाखसम्म रुपैयाँसम्म वार्षिक रुपमा जुनारबाट आम्दानी लिँदै आएका छन्। जुनारखेतीबाट आम्दानीसँगै स्थानीयस्तरमै रोजगारीको अवस्था सिर्जना गरेको छ। यहाँको जुनारलाई कोसेलीका रुपमा देशका पूर्वीपहाडी जिल्लादेखि राजधानी काठमाडौंसम्म पुर्‍याउने गरिएको छ। जुनारले प्रसिद्ध जिल्लाको पकेट क्षेत्रमा रहेको गोलन्जोर गाउँपालिकाले आफ्नो नामनै परिवर्तन गरेर जुनार गाउँपालिकाका रूपमा स्थापित गर्ने नीतिगत निर्णयको पहल थालेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको भनाइ छ। 

‘हामी जुनारबाटै समृद्धि देखेका छौं। पालिकाको स्थानीय नागरिकको मुख्य आम्दानीको स्रोत जुनार नै हो। यसलाई ब्रान्डिङ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि जुनार नाम राख्ने तयारी गरिए पनि केही प्राविधिक कुराले राखिएको छ। नामसँगै दामसमेत राम्रो लिँदै आएका यहाँका नागरिकलाई जुनार खेतीमा सहयोग पुर्‍याउन पालिकाले विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ,’ उनले भने। सिन्धुली जिल्लामा हालसम्म १ हजार ३ सय १८ हेक्टरमा जुनार र सुन्तलाको खेती भइरहेको छ। यसमध्ये ७ सय ९४ हेक्टरमा जुनार उत्पादन दिइरहेको छ। गोलन्जोरसँगै जिल्लामा वार्षिक रुपमा ५२ करोड रुपैयाँ बराबरको जुनार उत्पादन हुने गरेको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीको तथ्याङकअनुसार जिल्लामा पछिल्लो समय २ सय ३७ हेक्टरमा जुनार बगैँचा विस्तार गरिसकेको छ। जुनार खेतीमा मात्र जिल्लाका ६ हजार बढीले रोजगार पाएका छन्। सिन्धुली जिल्ला जुनारको उत्पादनमा राजधानीको रूपमा विकासित हुँदा समृद्ध सिन्धुली निर्माणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। जुनारको बजारीकरणलाई थप प्रभावकारी बनाउन जुस, वाइन, जामजेली र जुनारको पातको चियालगायतका प्रशोधित परिकार उत्पादनमा सहयोग पुर्‍याउन सके स्थानीय कृषकले आम्दानी लिने मात्र नभएर देशकै आयमा वृद्धि गर्न सकिने गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी बताउँछन्। उनका अनुसार जिल्लामा गुणस्तरीय जुनार उत्पादनका लागि गुनारमा लाग्ने रोग किरा नियन्त्रणका लागि पालिकाले प्रोत्सहान तथा अनुदान दिँदै आएको छ। जिल्लाको जुनारलाई ब्राण्डिङ गर्दै भारत, जापान तथा चाइनासम्मको बजारमा पुर्‍याउनका लागि संघिय सरकारसँग सहकार्य गरेर पहल थालिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले बताए। 

यसका साथै गुणस्तरीय जुनार उत्पादन जुनारका विभिन्न परिकार उत्पादन तथा बिक्री गर्ने व्यवस्था मिलाउन पहल गरिएको छ। जुनार प्रबर्द्धनका लागि होमस्टे सञ्चालन गरेर पर्यटन विकासमा जोड दिन सके सिन्धुली जिल्लाकै आर्थिक समृद्धिमा सहयोग पुग्ने न्यौपानेको विश्वास छ। 

जिल्लाको जुनार उत्पादनमा मित्र राष्ट्र जापानले समेत सहयोग गर्दै आएको छ। यस्ता निर्वाहमुखी कृषि क्षेत्रलाई व्यावसायिक प्रतिस्पर्धी र सम्मानजनक व्यवसायको रूपमा विकास गरी रोजगारीको अवसर सिर्जना गर्न सके देशको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनसमेत सकिने गरी जुनार खेतिलाई व्यवसायिक र औधोगिकीकरणमा रुपान्तरित गर्दै अघि बढाउनुपर्ने जुनार खेतिका अभियान्ता दिपक कोइरालाको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.