मोरङ कारागारका एकजना थुनुवाको मृत्यु

मोरङ कारागारका एकजना थुनुवाको मृत्यु
सुन्नुहोस्

विराटनगर : जिल्ला कारागार मोरङका एकजना थुनुवाको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको छ । कारागारका जेलर गौरव ढुंगेलले ठगी मुद्दाका थुनुवा रामेछापको दोरम्बा–सैलुङ गाउँपालिका–२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको आइतबार बिहान मृत्यु भएको जानकारी दिए । श्वासप्रश्वासमा अचानक समस्या देखिएपछि तामाङलाई उपचारका लागि शनिबार साँझ विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा आइतबार बिहान ४ बजेतिर मृत्यु भएको हो । तामाङ अदालतको आदेशबाट २०८१ पुस १६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए । आफूविरुद्धको ठगी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा तामाङले ज्यान गुमाएका हुन् ।  

सामान्य अवस्थामा अस्पताल भर्ना गरिएका तामाङको मृत्युको खबर आएको जेलर ढुंगेलले बताए । शवलाई कोशी अस्पतालमै राखिएको छ । घटनाका बारेमा तामाङको परिवारलाई खबर भइसकेको र परिवारका सदस्य एवं आफन्त आइपुगेपछि थप प्रक्रिया अघि बढाउने ढुंगेलले बताए ।

मोरङ कारागारमै कैद भुक्तान गरिरहेका १ जनाको यही वैशाख १५ गते मृत्यु भएको थियो । मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका कैदी ४३ वर्षीय मित्रकुमार दनुवारको वैशाख १५ गते मृत्यु भएको थियो । दनुवार जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् ।

लगातार बन्ता गर्न थालेपछि उनलाई उपचारका लागि चैत १३ गते कोशी अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा चैत १५ गते मृत्यु भएको जेलर ढुंगेलले बताए । दनुवार २०७८ साल असार ७ गते कारागार चलान भएका थिए ।

मोरङ कारागारमा क्षमताभन्दा ३ गुणाभन्दा बढी कैदीबन्दी राखिएको छ । महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा आइतबार बिहानसम्ममा १ हजार ३८ जना कैदीबन्दी रहेका छन् । जसमध्ये नाबालक ३, महिला १ सय ७ र पुरुष ९ सय २८ रहेका हुन् ।  

क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेका कारण कारागारको अवस्था भद्रगोल बनेको छ । कैदीबन्दीलाई खाने,बस्ने र सुत्ने ठाउँको समेत अभाव भइरहेको ढुंगेलले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.