भारतमा पाकिस्तानी कलाकारका इन्स्टाग्राम ब्लक

भारतमा पाकिस्तानी कलाकारका इन्स्टाग्राम ब्लक
सुन्नुहोस्

काठमाडौं : जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव जारी छ। यसैबीच भारतले भारतमा रहेका पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम खाता ब्लक गरेको छ।

तर भारत सरकारले ब्लक गरिएका खाताको बारेमा कुनै आधिकारिक घोषणा गरेको छैन।

पहलगाम आक्रमण पछि भारत र पाकिस्तानले एकअर्काको बारेमा धेरै निर्णय लिएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार फवाद खान, गायक आतिफ असलम र ‘सनम तेरी कसम’ फेम मावरा होकेनका साथै गायिका आबिदा परवीन लगायत धेरै पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम खाता ब्लक गरिएको छ।

भारतका प्रयोगकर्ताले यी कलाकारको पृष्ठ खोल्ने प्रयास गरेपछि देखिएको थिया,‘यो खाता भारतमा उपलब्ध छैन। हामीले कानुनी अनुरोध अन्तर्गत यो सामग्री ब्लक गरेका छौं।’

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.